गठबन्धनले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम
मङ्गलबार, २६ वैशाख २०७४, १८ : ५५
काठमाडौ, वैशाख २६– संघीय गठबन्धनले स्थानीय तह निर्वाचन आउनु भन्दा पाँच दिनअघि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा आज बसेको गठबन्धनको बैठकले वैशाख २९ गते देशका विभिन्न ठाउँमा विरोधसभा गर्ने तथा जेठ १ गते देशका विभिन्न ठाउँमा मोटरसाइकल र्यालीको कार्यक्रम घोषणा गरेको हो ।
वैशाख ३१ गते हुने पहिलो चरणको चुनाव अघि सविधान संशोधन विधेयक पारित गराउने सरकारसँग सहमति भएको थियो तर विधेयक पारित नगराई जेठ ४ गतेका लागि संसद बैठक सारेको प्रति विरोध जनाउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेको बताइएको छ ।
जेठ ४ गते बस्ने संसदको बैठकबाट संशोधन विधेयक पारित नभए थप सशक्त आन्दोलनका कार्यक्रम तय हुने गठबन्धनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण