शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

एचटिसीका पछिल्ला स्मार्टफोनका मोडलहरु यस्ता छन्

मङ्गलबार, २६ वैशाख २०७४, १९ : ०८
मङ्गलबार, २६ वैशाख २०७४
काठमाडौं, वैशाख २६ – नेपालका लागि एचटिसी स्मार्टफोनको एक मात्र आधिकारिक बितरक जनरल नेक्स्ट कम्यूनिकेसन्स प्रालिले पछिल्लो समय बहु प्रतिक्षित विभिन्न मोडलका उत्पादनहरु बजारमा ल्याएको छ । एचटिसी यू प्ले, एचटिसी वान एक्स ९ तथा एचटिसी डिजायर ८२५ बजारमा सार्वजनिक गरेको छ । एचटिसी यू प्लेको मूल्य रु ४९हजार ९सय ९९, एचटिसी वान एक्स ९ को मूल्य रु २८ हजार ६ सय तथा एचटिसी डिजाइर ८२५ को मूल्य रु. १८ हजार ९ सय तोकिएको छ । एचटिसी यू प्ले ब्लू रंगमा उपलब्ध हुनेछ भने एचटिसी वान एक्स ९ गोल्ड र ग्रे रंगमा उपलब्ध हुनेछ । त्यस्तै, एचटिसी डिजाइर ८२५ ग्रे र ह्वाइट रंगको अप्सनमा उपलब्ध छ । एचटिसी यू प्ले एचटिसीको यू सिरिज सन् २०१७ मा शुरु भएको हो, जसमा नयाँ डिजाइर र सुविधाहरु राखिएको छ । यसको मुख्य विशेषता भनेको लिक्विड सर्फेस हो, कम्पनीका अनुसार यसको बाहिरी भागलाई हातले दबाउन सकिन्छ । यसमा ५.२ इन्चको फूलएचडी सूपर एलसिडी डिस्प्ले राखिएको छ भने, गोरिल्ला ग्लासद्धारा सुरक्षित बनाईएको छ । यसमा २.० गीगाहर्जको ६४ बिट अक्टा कोर मिडिया टेक हेलियो पी १० प्रोसेसर प्रयोग गरेको छ । फोनमा ४ जीबीको र्याम तथा ६४ जीबीको स्टोरेज छ जसलाई बढाएर २ टिबीसम्म पुर्याउन सकिन्छ । फोटोका लागि १६ मेगापिक्सेलको रियर तथा फ्रन्ट क्यामरा छ जसले कम प्रकाशमा पनि चहकिलो फाटो खिच्न सक्दछ । यसको दुबै क्यामराले एचडी क्वालिटिको भिडियो रेकर्ड गर्न सकिन्छ । एचटिसी यू प्ले स्मार्टफोना २५०० एमएएचको ब्याट्री प्याक छ, जसले ८ घण्टासम्मको रेकर्ड गर्न सकिन्छ भने ४४ मिनेटसम्म निरन्तर एचडी भिडियोहरु हेर्न सकिन्छ । सामान्य प्रयोगका लागि भने दिनभर ब्याट्री ब्याकअप दिन्छ । फोनमा एचटिसी यू सोनिक, ड्यूल नानो सिम स्लट, ब्लूटूथ ४.२, ड्यूल ब्याण्ड वाईफाई, एनएफसी, ओटिजी, जीपीएस, ग्लोनासलगायतका सुविधा छन् । फोरजी सपोर्ट गर्ने यो स्मार्टफोनमा जाईरोस्कोप, म्याग्नेटिक तथा फिंगरप्रिन्टलगायतका सेन्सर रहेको छ । एचटिसी वान एक्स ९ एचटिसी वान एक्स ९ कम्पनीको डिजाईर श्रेणीको उत्कृष्ट स्मार्टफोन हो । वान एक्स ९ मा पुरा मेटल फ्रेम प्रयोग गरिएको छ जसले फोनलाई निकै आकर्षक र प्रिमियम ह्याण्डसेट बनाएको छ । यसको अग्रभागमा ग्लास राखिएको छ जो केहि घुमाउदार र आकर्षक देखिन्छ । यसको डिस्प्ले भन्दा मुनी ब्याक, होम र रिसेन्ट बटनराखिएको छ । यसको स्क्रीनलाई गोरिल्ला ग्लासद्धारा सुरक्षित बनाईएको छ । डिस्प्लेको माथिल्लो भाग र तल्लो भागमा ड्यूल स्पीकर ग्रिले प्रयोग गरिएको छ । एचटिसी वान एक्स ९ मा ५.५ इन्चको फूलएचडी सूपर एलसिडी डिस्प्ले राखिएको छ, जसले घाम लागेको बेलामा पनि सहजरुपमा फोन हेर्न र चलाउन सकिन्छ । यो फोनमा भएको ड्यूल एचटिसी बूम साउण्ड स्पीकरले गर्दा फोनमा भिडियो र गेम खेल्न निकै आनन्द हुन्छ । एचटिसी वान एक्स ९ मा मिडिया टेकको अक्टाकोर हेलियो एक्स १० प्रोसेसर छ भने ३ जीबीको र्याम रहेको छ । यसमा ३२ जीबीको आन्तरिक स्टोरेज छ भने यसलाई बढाएर २ टिबीसम्म पुर्याउन सकिन्छ। फोटोका लागि १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगपिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । वान एक्स ९ मा ब्लूटूथ ४.२, वाईफाई ,जीपीएस, ग्लोनास, मिराकास्ट तथा फोरजी एलटिईको सुविधा छ । फोनमा ३,००० एमएएचको ब्याट्री छ भने क्विक चार्जीङ सपोर्ट गर्दछ । एचटिसी डिजायर ८२५ यो स्मार्टफोनमा ५.५ इन्चको टचस्क्रीन डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन ७२०ह्१२८० पिक्सेल छ । फोनमा १.६ गीगाहर्जको क्वाड कोर क्वालकम स्न्यापड्रागन ४०० प्रोसेसर छ भने २ जीबीको र्याम राखिएको छ । फोनमा १६ जीबीको आन्तरिक स्टोरेज छ, जसलाई माइक्रो एसडी कार्डको सहयोगबाट बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ। क्यामराको बारेमा, एचटिसी डिजायर ८२५ मा १३ मेगापिक्सेलको मुख्य क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा सेल्फीका लागि राखिएको छ । एन्ड्रोयड ६.० भर्सनमा संचालन हुने फोनमा २७०० एमएएचको रिमुभेवल ब्याट्री छ । एचटिसी डिजायर ८२५ मा ड्यूल माइक्रो सिम सपोर्ट गर्दछ । कनेक्टिभिटीका लागि यसमा वाईफाई, जीपीएस, ब्लूटूथ, यूएसबी ओटिजी, एफएम, थ्रीजी तथा फोरजी राखिएको छ । यसमा प्रोक्सिमिटी सेन्सर, एक्सेलेरोमिटर, एम्बिएन्ट लाइस सेन्सर तथा जाइरोस्कोप राखिएको छ । सक्कली भ्याटबिल लिन तथा एचटिसीका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागिग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र एचटिसीका उत्पादनहरु खरिद गर्न अनुरोध गर्दछौं । हामी ग्राहकहरुलाई उत्पादन खरिदमा सक्कली बिल मात्र लिन अनुरोध गर्दछौं । एचटिसी आधिकारिक स्टोरहरु बाट किन्दा जेननेक्स्टको होलोग्राम बक्समा हेर्नुहोसु । खरिद गरेको एचटिसीका उत्पादनहरु आधिकारिक हुनवा होइनन थाहा पाउनका लागि ग्राहकले यो वेबसाइट लिंकमाधधध।नलभहतअयm।अयरअजभअप(कभचखष्अभ(तबनमा गएर एचटिसीको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नेछन् । सबै ग्राहकले कृपया सक्कली उत्पादनहरुका लागि मात्र रकम खर्च गर्नुहोस् र स्ट्याण्डर्ड वारेन्टी प्राप्त गरेर खरिद गर्दा सर्तकता अपनाउनु होस् साथै सुनिश्चित हुनुहोस् भन्ने हाम्रो आग्रह रहेको छ । ग्रे फोनहरु अनधिकृतरुपमा देश भित्र आयात हुने गरेका छन् र ती उच्च मुल्यका हुन्छन । त्यस्ता फोनहरुको कुनै वारेण्टी हुँदैन र फोन भित्रका विभिन्न पार्टहरु पनि न्यून गुणस्तरका सामाग्रीहरु राखेर फेरिएका हुन्छन् । खरिदकर्ताहरुलाई अनुरोध छ की सक्कली उत्पादनहरु मात्र खरिद गरौं र अनधिकृत रुपमा आउने सामाग्रीहरुबाट टाढै रहौं । कृपया अनधिकृत रुपमा आयातित फोनहरु खरिद नगरौं नेपाल दूरसंचार प्राधिकरणले (एनटिए) त्यस्ता फोनहरु कुनैपनि बेला ब्लक गर्न सक्दछ भने फोन कलको गुणस्तर पनि न्यू्न हुन्छ । बितरकहरुले आयात गर्नुभन्दा पहिले नै एनटिएलाई बुझाएको आईएमईआई नम्बर दर्ता भएका फोनहरुले मात्र काम गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप