राष्ट्रिय वाणिज्य बैंकको ११ औं साधारण सभा सम्पन्न
मङ्गलबार, २६ वैशाख २०७४, १९ : २२
काठमाडौं, बैशाख २६ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व. २०७२/०७३ को एघारौं साधारण सभा सम्पन्न भएको छ ।
उक्त साधारण सभाले एन.आइ.डी.सी. डेभलपमेन्ट बैंक लि.लाई राष्ट्रिय वाणिज्य बैं लि.ले प्राप्ती गर्ने विशेष प्रस्ताब र आ.व. २०७२/०७३ को वार्षिक प्रतिवेदन पारित समेत गरेको छ ।
बैंक संचालक समितिका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न सो साधारण सभामा अध्यक्ष पाण्डेले प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय वाणिज्य बैंक विश्वासनीय भएको र नेपालका बैंंकहरु मध्ये १ नम्बरको बैंक बनाउने प्रतिबद्धता समेत ब्यक्त गरे ।
सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको समग्र वित्तीय अवस्था, वित्तीय क्षेत्र कार्यक्रम यता हासिल गरेको उपलब्धि तथा भावी योजनाको बारेमा बताए ।
साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भैतीक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ती मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाइ मन्त्रालयका प्रतिनीधिहरुले राखेको जीज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डे तथा प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जवाफ दिएको थियो ।
बैंकको हाल ६८ जिल्लामा १७४ वटा शाखा कार्यालय, १०६ वटा एटिएम, ८४ वटा शाखा रहित बैंकिङ्ग र ६७ वटा शाखाहरुबाट सरकारी कारोबार हुंदै आइरहेको छ । द्धन्द्धकालमा गाभिएका शाखाहरुमध्ये बैंकले हाल ५४ वटा शाखा कार्यालयहरु पुर्नस्थापना गरिसकेको छ ।
चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ३५ अर्व निक्षेप संकलन गरी १ खर्व १ अर्व कर्जा लगानी गरि २ अर्व ७ करोड खुद मुनाफा कमाएको छ । हाल बैंकले आरबीबी मर्चेन्ट बैंकिङ्ग कम्पनी संचालनमा ल्याएको छ भने लघुवित्त कम्पनी खोल्ने प्रक्रियामा रहेको छ ।
।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण