शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

महानगरलाई सकुम्वासी मुक्त घोषणा गर्ने प्रतिवद्धता

मङ्गलबार, २६ वैशाख २०७४, १९ : ३०
मङ्गलबार, २६ वैशाख २०७४
राजेन्द्र आचार्य चितवन, बैशाख २६– नेकपा माओवादी केन्द्र र नेपाली काग्रेसको तर्फमा संयुक्त प्यानलका मेयर र उपमेयरले भरतपुर महानगरलाई सकुम्वासीमुक्त महानगर घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भरतपुर महानगरमा संयुक्त घरदैलोका क्रममा उनीहरुले सुकुम्बासीमुक्त बनाउने प्रतिवद्धता जनाएका हुन् । सुकुम्वासी समस्या हल नगरेसम्म ‘स्मार्ट सिटी’ नबन्ने भन्दै आफूहरुले महानगरलाई कुनै पनि हालतमा सकुम्वासीमुक्त महानगर घोषणा गर्ने दावी गरे । मेयर पदकी उम्मेदवार रेणु दाहालले काँग्रेस र माओवादीको विचार र एजेण्डा मिले जसरी नै दुई दलले देखेको आधारमा महानगरको विकासलाई दु्रत गतिमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरिन् । यस्तै सभामा बोल्दै उपमेयरकी उम्मेदवार पार्वती शाहले आफुहरु विजयी भएसँगै हरेक नागरिकले आफ्नो जग्गासहितको आवासमा बस्न पाउने बताइन् । महानगर मात्र नभइ जिल्लालाई नै आफूहरु मिलेर सुकुम्बासीमुक्त जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरिन् । घरदैलो कार्यक्रममा नेपाली काग्रेसका नेताहरु मिलनबाबु श्रेष्ठ, उमा गिरी र माओवादी केन्द्रका नेताहरु पूर्णकुमारी सुवेदी र ईश्वर सापकोटा लगायतको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप