शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

माओवादी र कांग्रेस कतै मिलाप, कतै झडप

मङ्गलबार, २६ वैशाख २०७४, २० : २३
मङ्गलबार, २६ वैशाख २०७४
काठमाडौं, वैशाख २६– माओवादी र कांग्रेस विचारका र एजेण्डाले उत्तर र दक्षिण छन् । तर सरकारदेखि आगामी स्थानीय निर्वाचनमा भने काँधमा काँध मिलाएर अघि बढेका छन् । जनयुद्धमा सँगै लडेका नेताहरु अलग अलग छन् । तर माओवादीको नामै सुन्न नचाहने नेपाली कांग्रेस अहिले सहयात्री बनेको छ । भरतपुर र पोखरा महानगरपालिकामा माओवादी र कांग्रेस सँगसँगै भोट माग्दै हिँडिरहेका छन् । विचार र एजेण्डा नमिले पनि उनीहरु सँगसँगै मिलेर भोट मागिरहेका मात्र छैनन्, महानगरको विकाशका लागि मिलेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । यता, एकै ठाउँमा नाच्दै गाउँदै दुवै पार्टीलाई भोट मागिरहँदा रुकुममा भने यीनै पार्टीहरु आपसमा झडपमा उत्रिरहेका छन् । रुकुमको सानोभरी गाउँपालिकामा कांग्रेस र माओवादी कार्यकर्ताबीच मंगलबार पनि झडप भएको छ । नेपाली कांग्रेसको तर्फबाट सानोभेरी गाउँपालिका अध्यक्षका उम्मेदवार गोरखप्रसाद चन्दको चुनावी अभियानलाई माओवादी कार्यकर्ताले अवरोध गर्न खोज्दा झडप भएको हो । कांग्रेसको सानोभरी गाउँपालिका वडा नं १ पुर्तिङडाँडाको पूर्वनिर्धारित कार्यक्रमलाई माओवादी कार्यकर्ताले अवरोध गर्न खाजेपछि झडप भएको प्रहरीले जनाएको छ । झडपले उग्र रुप लिन थालेपछि प्रहरीले हवाइ फायर नै गर्नुपर्यो । स्थिती नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप