साबधान, फेसवुकको साथीले विवाह गर्छु भन्दै यसरी झुक्याउलान !
काठमाडौं, बैशाख २८– सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थायी घर भएका रमेश तिमल्सिनाले ‘हाईड्रोपावरको ईन्जिनियर हुँ, विवाह गरौंला’ भन्दै सामाजिक सञ्जाल मार्फत सोझा सिधा महिलाहरुलाई ठग्ने गरेको खुलेको छ ।
रमेशले फेसवुक लगायतका सामाजिक सञ्जाल मार्फत विभिन्न सोझा सिधा महिलाहरुसँग सम्पर्क गर्थे अनि आफू ईन्जिनियर भएको र काठमाडौंमा राम्रो घर छ भन्दै विवाह गर्ने प्रस्ताव राख्थे । काठमाडौंमा घर भएको ईन्जिनियरले विवाहको प्रस्ताव राखेपछी युवतिहरु लोभिने र ठगीने गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । यसरी झुक्याएर ठगी गरेको खुलेसँगै ललितपुर प्रहरीले तिमल्सिनालाई पक्राउ गरेको छ । ठगी कार्यमा संलग्न तिमल्सिनालाई गत २३ गते पक्राउ गरेर ठगी मुद्धामा अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डिएसपी) ईश्वर कार्किले जानकारी दिए । यसरी विवाह नै भएको छैन् भन्दै ठग्दै हिँड्ने तिमल्सिनाको श्रीमती र दुई छोरा–छोरी समेत भएको प्रहरीले जनाएको छ । तिमल्सिना एकान्तकुना बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण