राष्ट्रपति ट्रम्पद्वारा रुस र सिरिया बारे छलफल
बिहीबार, २८ वैशाख २०७४, १७ : ४८
वासिङटन, बैशाख २८ – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वविदेश मन्त्री हेन्री किसिङगरसँग बुधबार रुस र सिरियासँगको सम्वन्धका बारेमा छलफल गरेका छन् ।
उनीसँगको भेटवार्तापछि राष्ट्रपति ट्रम्पले पत्रकारहरुलाई भने, ‘रुसको बारेमा र अन्य विभिन्न विषयमा हामीले छलफल गर्यौं ।’
‘हामीले सिरियाका बारेमा पनि छलफल गर्यौं, मलाई लाग्छ, सिरियाका बारेमा हामीले सिरियालाई सम्मान गर्दै धेरै राम्रो गर्न गईरहेका छौं, वास्तममा यो सकारात्मक छ,’ ट्रम्पले भने । राष्ट्रपति ट्रम्पले आफूहरु मर्ने र मार्ने अवस्थाको अन्त्य गर्न गईरहेको पनि बताए।
पूर्व विदेश मन्त्री किसिङगर आफ्नो लामो समयदेखिको साथी र कूटनीतिक मामिलामा राम्रो दख्खल राख्ने कुटनीतिज्ञ भएको ट्रम्पले बताए ।
उनलाई भेटेपछि ट्रम्पले रुसका विदेश मन्त्री सेर्गेई लाभरोभसँग पनि राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा भेटवार्ता गरे छ । रासस÷सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण