कोका–कोला एपेक्स कलेजका युवाहरुसँग
बिहीबार, २८ वैशाख २०७४, १८ : ५९
काठमाडौं, वैशाख २८ – कोका–कोलाका क्याटोगरी मार्केटिंग एण्ड कर्पोरेट ब्राण्ड निर्देशक सुजथा भी कुमारले एपेक्स कलेजका व्यवस्थापन विषयका विद्यार्थीहरुलाई एक कार्यक्रम बीच सम्बोधन गरियो ।
‘मार्केटिंग टू दि मिलेनियल जेनेरेसन टचिंग अन ट्रूथ इन दि एज अफ सोसियल मिडिया’ विषयक व्यवहारिक सेसनलाई यहि वैशाख २२ गते शुक्रबार सम्बोधन भएको हो ।
करिब १.५ घण्टा संचालन भएको उक्त कार्यक्रम ७० भन्दा बढि विद्यार्थीहरु सहभागी थिए । अहिलेको पुस्ताका त्यस्ता व्यक्ति जो समाजमा युवाहरुको प्रतिनिधित्व गर्दछ र प्राविधिक ज्ञानयुक्त, आत्मसात तथा स्वतन्त्र उत्प्रेरकको भूमिकामा देखिन्छ, त्यस्ता व्यक्तिहरुलाई प्रतिबिम्बित गर्दछ ।
यसको अर्थ समूहका कुनैपनि सदस्यहरुमा उपयोगी हुन सक्दछ, एकजनाले अन्य पुस्ताहरुमा पनि यस्तै समान गुणहरु हुनुपर्दछ भन्ने धारणा सजिलै राख्ने आयोजकले जनाएको छ ।
‘हामीमध्ये अधिकांशले यो सोच्ने गरेका छौंकी अहिलेका बालबालिकाहरु अत्याधुनिक प्रविधिसँग रमाईरहेका मात्र हुँदैनन् की उनीहरु त्यसको सबै विशेषताहरुसँग पनि चिरपरिचित हुन्छन् । उनले ग्राहकहरुको व्यवहारमा अधिकतम प्रभाव पारेका अनलाइन तथा अफलाइन कोका–कोला अभियानको बारेमा विस्तृतरुपमा जानकारी दिए । यसका साथै उनले बजारीकरण र व्यवस्थापनमा पछाडि फर्केर अगाडि बढने कार्य–पुनरावलोकन तथा संभावनाको महत्वको बारेमा पनि जानकारी दिए । कोका–कोला १सय ३१ वर्ष पुगेको छ, यसबाट बुझनुपर्ने एउटा महत्वपूर्ण विषय भनेको विज्ञापन तथा बजारीकरणले सहिरुपमा काम गरिरहेको छ । कोकले आफ्ना उपभोक्ताहरुको दैनिक क्षणहरुलाई एक आपसमा गहिरोगरी जोड्ने कामको विकास गरीरहेको हुन्छ ।
उनले भने, ‘डिजिटल अवरोधहरु आईरहँदा कुनैपनि मिडिया रणनीतिबाट सामाजिक संजाललाई अलग्गै राख्न सकिँदैन् । अधिकांश समय अहिलेको पुस्ताका युवाहरु कुनै न कुनै रुपमा सानो वा ठूला डिभाईसहरुका साथमा अनलाइन भईरहेका छन् र हामी उनीहरुसँग आबद्ध हुनका लागि कुनैपनि माध्यमबाट संभावित अनलाईन अभियानहरु संचालन गर्दछौं ।’
कोका–कोला अझै धेरै कलेजहरुसम्म पुग्ने र उनीहरुलाई यस्ता किसिमका अन्तरक्रियाहरुका लागि आव्हान गर्ने जनाएको छ । यस्तो कार्यले कम्पनीलाई युवा उपभोक्ताहरुसम्म पुग्ने अवसर दिने कम्पनीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण