बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

जेठ मसान्तसम्म दोस्रो किस्ता लिन आग्रह

बिहीबार, २८ वैशाख २०७४, १९ : २६
बिहीबार, २८ वैशाख २०७४
काठमाडौँ, वैशाख २८ – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुस मसान्तसम्म निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ता लिएका भूकम्पपीडितलाई जेठ मसान्तसम्म दोस्रो किस्ता लिने प्रक्रिया सुरु गर्न अनुरोध गरेको छ । निजी आवास निर्माणका लागि आवश्यक रकम जिल्लामा पठाइसकिएकाले लाभग्राहीलाई जतिसक्दो छिटो दोस्रो किस्ता भुक्तानीका लागि आवेदन दिन प्राधिकरणले आग्रह गरेको हो । पहिलो किस्ता बुझेर पनि दोस्रो किस्ता लिन आवेदन दिने लाभग्राहीको सङ्ख्या अपेक्षाकृत रुपमा बढ्न नसकेपछि प्राधिकरण कार्यकारी समितिको आजको बैठकले समय तोकेरै दोस्रो किस्ता लिने प्रक्रिया सुरु गर्न आग्रह गरेकोे प्रवक्ता यमलाल भुसालले जानकारी दिए । ‘दोस्रो किस्ताको अनुदान वितरण गर्न रु १५ अर्ब विभिन्न जिल्लामा पठाइएको छ, भूकम्प अतिप्रभावित १४ जिल्लाका चार लाख ५२ हजार चार सय ९० घरधुरीले पुसमै पहिलो किस्ताको अनुदान लिइसकेका थिए, पहिलो किस्ता लिएको अनुपातमा लाभग्राहीले घर पुनःनिर्माण सुरु गरी दोस्रो किस्ता लिन पहल गरेका छैनन्’, उनले भने । प्राधिकरणले पहिलो किस्ता लिएका घरपरिवारलाई मापदण्डानुसार जग राखी यथाशीघ्र दोस्रो किस्ता लिन यसअघि नै अनुरोध गरेको थियो । मापदण्ड र प्रक्रिया पूरा गरी घर पुनःनिर्माण गर्ने लाभग्राहीलाई एकमुष्ट अनुदान दिने निर्णय पनि भइसकेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप