औषधिको चर्को मूल्य रोक्न समिति गठन, आयातकर्ता विरोधमा
बिहीबार, २८ वैशाख २०७४, २० : २७
काठमाडौँ, वैशाख २८ – आयातित औषधि चर्को मूल्यमा बिक्री भइरहेको तथ्य फेला परेपछि त्यसको मूल्य निर्धारणका लागि सरकारले बनाएको उच्चस्तरीय समितिको नेपाल औषधि आयातकर्ता सङ्घले विरोध गरेको छ ।
स्वास्थ्य मन्त्रालयको टोलीले गरेको नियमनमा आयातित औषधिको मूल्य रु ४०० देखि रु दुई हजार २०० प्रतिशतसम्म महङ्गो भएको तथ्य फेला परेको थियो । आयातित औषधि मूल्य निर्धारण र सुपथ मूल्यमा सरकारले खरिद गरी बिक्री वितरण गर्नका सुझाव दिन यही वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले तीन सदस्य उच्चस्तरीय समिति गठन गरेको थियो ।
सार्वजनिक खरिद व्यवस्थापन कार्यालयका सचिवको संयोजकत्वमा गठित सो उच्चस्तरीय समितिमा अर्थमन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रहने छ ।
नेपाल औषधि आयातकर्ता सङ्घले आज पत्रकार सम्मलेन गरी आयातित औषधिको मूल्य २५ प्रतिशतदेखि हदैसम्म घटाउन तयार रहेको जनाएको छ ।
तर मन्त्रालयको नियमनलाई आधार मान्ने हो भने आयातकर्ताले १०० प्रतिशत नै मूल्य घटाए पनि बिरामीले करिब दुई हजार १०० महङ्गो मूल्यमा औषधि खरिद गर्नुपर्ने बाध्यता देखिन्छ । मन्त्रालयका अनुसार विशेषगरी कडा रोग क्यान्सर र मिर्गौलालगायत उपचारमा लाग्ने आयातित औषधिमा विक्रेताले परल मूल्यभन्दा चर्को लिइने गरेका छन् ।
सङ्घका अध्यक्ष अञ्जन पुडासैनीले स्वदेशी उद्योगीलाई प्रोत्साहन गर्ने बहानामा आफूहरुलाई औषधि आयातमा रोक लगाउन नहुने बताए ।
सङ्घका महासचिव पवन आचार्यले मन्त्रालयले गठन गरेको स्वदेशी उद्योगीको कार्यदलले बुझाएको प्रतिवेदनलाई आधार मानी करिब ३५ प्रकारका औषधि आयातमा रोक लगाउने निर्णयप्रति विरोध गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण