नुवाकोटका चौवन्न मतदानस्थल अति संवेदनशील
बिहीबार, २८ वैशाख २०७४, २१ : १५
त्रिशूली, (नुवाकोट), वैशाख २८ – स्थानीय तहको निर्वाचनमा जिल्लाका ५० भन्दा बढी मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रुपमा राखेर सुरक्षा व्यवस्था गरिएको छ ।
अपराह्न आयोजित पत्रकार सम्मेलनमा जिल्ला सुरक्षा समन्वय समितिका संयोजक तथा प्रजिअ विष्णुप्रसाद पोखरेलले राजनीतिक र भौगोलिक आधारमा जिल्लाका एक सय २९ मतदान स्थलमध्ये ५४ स्थललाई अति संवेदनशील, ५० स्थललाई संवेदनशील र २५ स्थललाई सामान्यमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको बताए ।
प्रजिअ पोखरेलका अनुसार निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि दुई नगरपालिकामा दुई दुई र १० गाउँपालिकामा एक एक प्रहरीको मोबाइल गस्ती, सशस्त्र प्रहरी बलको २८ मोबाइल गस्ती तथा सेनाका ११ बम निष्क्रिय पार्ने टोली परिचालन गरिएको छ ।
प्रजिअ पोखरेलका अनुसार जिल्लामा दुई हजार आठ सय ७१ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जिल्लाभर म्यादी प्रहरीसहित नेपाल प्रहरीतर्फ नौ सय ४३, म्यादी प्रहरी आठ सय ५८ र नेपाली सैनिक पाँच सय परिचालन गरिएको छ । निर्वाचनको दिन जिल्लाका सबै सुरक्षा निकायका प्रमुख एकसाथ रहेर निर्वाचन सुरक्षामा ध्यान दिने योजना सार्वजनिक गरिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण