बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

विद्रोहीलाई कारबाही हुन्छ : सभापति देउवा

बिहीबार, २८ वैशाख २०७४, २१ : ३०
बिहीबार, २८ वैशाख २०७४
लमजुङ (बेसीसहर), वैशाख २८– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा पार्टीमा विद्रोही हुनेलाई कडा कारबाही हुने बताए । जिल्लाको सुन्दरबजार नपामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘काँग्रेसलाई पराजित गर्ने मानसिकता भएकालाई पार्टीमा राख्नुको कुनै औचित्य हुँदैन ।’ बागी बनेर असहयोग गर्नेलाई कडाभन्दा कडा अनुशासनको कारबाही हुन्छ भन्दै सभापति देउवाले अझै पनि समय छ, फिर्ता भई पार्टीमा सघाउन विद्रोही उम्मेदवारलाई आग्रह गरे । उनले काँग्रेस नेतृत्वमा निर्माण भएको संविधान अक्षरशः कार्यान्वयका लागि सबै स्थानीय तहमा काँग्रेसकै जित हुनुपर्नेमा जोड दिदैं ‘स्थानीय तह अधिकार सम्पन्न भएका छन्, जनतामा अधिकार अनुभूतिका लागि काँग्रेसले नै निर्वाचनमा जित्नुपर्छ ।’ काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बे, जिल्ला सभापति भेषबहादुर पौडेल, पूर्व जिल्लासभापति शङ्करकान्त जोशी र तुलसी नारायण श्रेष्ठ लगायतले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातासंग आग्रह गरे । सुन्दरबजार नगरपालिका प्रमुखका लागि नेपाली काँग्रेसबाट बद्रीमान श्रेष्ठ र उपप्रमुखमा ज्ञानु शाहलाई उम्मेदवार बनाएको छ । नेपाली काँग्रेस नगर सभापति द्वारिका मिश्रले पनि नगर प्रमुख पदमा विद्रोही उम्मेदवारी दिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप