नेपाल–भारत सीमा नाका बन्द
बिहीबार, २८ वैशाख २०७४, २१ : ५७
बैतडी, वैशाख २८ – तल्लोस्वराडमा पर्ने नेपाल–भारत सीमाक्षेत्र कुस्मतघाट नाकामा आजदेखि आवतजावत बन्द भएको छ ।
आज बिहान शिवनाथ गाउँपालिकाको शर्मालीस्थित नेपाल–भारत सीमामा अवस्थित कुस्मतघाट महाकाली नदीमा डुङ्गा चालक (माझी)लाई भारतीय युवाले कुटपिट गरेपछि सीमाक्षेत्रमा आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख कमलबहादुर विष्टले जानकारी दिए ।
तीन चार भारतीय युवकको समूह नेपालमा विवाहमा आई नेपालमै मादक पदार्थ सेवन गरेर महाकालीमा डुङ्गा चलाइरहेका नेपाली धनवीर साउदलाई कुटपिट गरेको प्रहरीले बताएको छ । धनवीरकै डुङ्गाबाट यात्रा गर्दै भारत गएका युवाले भारतमा पुगेपछि साउदलाई कुटेको बताइएको छ ।
कुटपिटपछि आक्रोशित नेपालीले सीमाक्षेत्र बन्द गराएका हुन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण