बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

यस्तो देखियो काठमाडौंमा काँग्रेस र माओवादी केन्द्रले गरेको चुनावी सभा, हेर्नुस २२ तस्वीरमा

बिहीबार, २८ वैशाख २०७४, २२ : ३४
बिहीबार, २८ वैशाख २०७४
काठमाडौ, वैशाख २८ – चुनाव प्रचारको अन्तिम दिन दलहरु आ–आफ्नो उम्मेदवारको प्रचारमा दिनभरि दौडधुपमा लागेको देखियो । मौन अवधि शुरु हुनु अघि दिउँसो परेको पानीले कुनै प्रभाव पारेन । बरु नेता तथा कार्यकर्तालाई प्रचार दौडधुपमै हतार देखिन्थ्यो । त्यस्तै, वरिष्ठ नेताहरुलाई आज भ्याई नभ्याई थियो । दलका कार्यकर्ताहरुले चुनावीसभामा ठूला नेताहरु नै आई दियोस् भनि चाहना राखेका थिए । तर नेताहरुले कति ठाउँमा भ्याउनु । आज त्यस्तै देखियो । काठमाडौं असनमा नेपाली काँग्रेसले गरेको चुनावी सभामा पार्टीका सभापति शेरबहादुर देउवा र नेता गगन थापा आउने कुरा थियो तर उनीहरु पुगेनन् । त्यस्तै किर्तिपुरमा माआवादीले गरेको चुनावीसभामा प्रधानमन्त्री प्रचण्ड पुग्ने कार्यक्रम थियो तर, उनी पनि त्यहाँ पुग्न सकेनन् ।   पार्टीका उच्च नेताहरु पुग्न नसकेपनि कार्यक्रम उल्लासपुर्ण देखिन्थ्यो । यी दुई ठाउँमा भएका चुनावीसभा यस्ता छन् हेर्नुस २२ तस्विरहरुमा । तस्वीर: विजेता महर्जन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप