भक्तपुरमा राप्रपा जिल्ला नेताको घरमा अज्ञात समुहद्वारा सिलिण्डर विष्फोट
शुक्रबार, २९ वैशाख २०७४, ०६ : ३५
-हेमराज ढकाल
बैशाख २९, भक्तपुर - भक्तपुरको चाँगुनारायण नगरपालीका - २ दुवाकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला स्तरीय नेताको घरमा आज बिहान अज्ञात समुहले सिलिण्डर विस्फोट गराएको छ ।
राप्रपाका जिल्ला सदस्य माधव खत्रीको घर निजिकैको पर्खालमा आज बिहान तीन बजेको समयमा सिलिण्डरलाई बम बनाएर विष्फोट भएको प्रहरीले जनाएको छ ।
विष्फोटबाट घरको झ्यालमा क्षति पुगेको खत्रीले रातोपाटीलाई जानकारी दिए ।
भक्तपुरका प्रमुख जिल्लाख अधिकारी द्रोण पोखरेलले सिलिण्डर विष्फोट भएको र घटननबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
सिलिण्डर बम विस्फाट हुँदा करीब एक किलोमिटर वरिपरि चर्को आवाज आउनुकासाथै ठूलो कम्पन भएको स्थानीयले बताए ।
बम विस्फोट हुँदा खत्रीको घरका आठवटा झ्यालको सिसा र पुष्प प्रधानाङ्गको घरको चारवटा झ्यालको सिसा फुटेको महानगरीय प्रहरी वृत्त, थिमिले जानकारी दिएको छ । घटनाको प्रहरीले अनुसन्धान सुरु गरी घटनामा संलग्नको खोजी सुरु गरेको प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए । यसअघि बुधबार राति १२ बजे लोकन्थलीमा पनि सिलिन्डर बम विस्फोट गराउने तयारी गरेको थाहा भएपछि नेपाली सेनाको टोलीले निष्क्रिय गरेको थियो ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण