बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

पञ्जाबले बनायो आइपिएल–१० कै उच्च स्कोर, रोमाञ्चक खेलमा मुम्बई ७ रनले पराजित

शुक्रबार, २९ वैशाख २०७४, ०८ : ०५
शुक्रबार, २९ वैशाख २०७४

एजेन्सी

मुम्बई, वैशाख २९ – आइपिएलको १० औँ सिजनमा किङ्गस इलेभेन पञ्जाबले मुम्बई इन्डियन्सलाई ७ रनले पराजित गरेको छ ।

निकै रोमाञ्चक बनेको खेल अन्तिम ओभरमा फैसला भएको थियो । मुम्बईलाई अन्तिम ६ बलमा जीतका लागि १६ रन आवश्यक रहेकोमा टोलीले मात्र ८ रन बनाउन सफल रह्यो ।

मोहित शर्माले अन्तिम चार बलमा मात्र १ रन दिएपछि पञ्जाबले खेल आफ्नो पक्षमा पार्न सफल बनेको हो ।

जितसँगै पञ्जाबले प्लेअफसम्म पुग्ने आशा जिवितै राखेको छ । यसका लागि उसले अझै आफ्नो अन्तिम खेल जित्नुपर्ने हुन्छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जाबले ३ विकेट गुमाउँदै २ सय ३० रन बनायो । यो सिजन कुनै पनि टोलीले बनाएको यो सबैभन्दा उच्च स्कोर हो ।

पञ्जाबका लागि म्यान अफ द म्याच घोषित ऋद्धिमन शाहले नट आउट रहँदै ९३ रन बनाए । उनले यस क्रममा ११ चौका र ३ छक्का हिर्काए । पहिलो विकेटका लागि मार्टिन गुप्टिल (३६ रन) सँग मिलेर ६८ रनको साझेदारी गरे ।

कप्तान ग्लेन म्याक्सवेलले पनि विस्फोटक ब्याटिङ गर्दै २१ बलमा ४७ रनको योगदान दिए । उनले यस क्रममा २ चौका र ५ छक्का हिर्काए ।

मुम्बईका लागि मिचेल म्याक्लेगन, जस्प्रित बुम्राह र करन शर्माले १–१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको मुम्बईले पनि उत्कृष्ट शुरुवात गर्यो । ओपनरद्वय लेन्डल सिमनले ५९ तथा पार्थिव पटेलले क्रमशः ५९ र ३८ रन बनाए । पहिलो विकेटका लागि दुवैले ९९ रनको साझेदारी गरे ।

तर, त्यसपछि पटेल, सिमन्स, नितिश राना र कप्तान रोहित शर्मालाई मुम्बईले छिटो–छिटो गुमायो ।

त्यसपछि ब्याटिङमा आएका केरन पोलार्ड र हार्दिक पाण्डेयले खेल सम्हाले ।

हार्दिक पाण्डेयले ४ छक्का हिर्काउँदै ३० रन बनाएपछि मुम्बई जित नजिक पुग्यो । करन शर्माले पनि विस्फोटक १९ रन बनाए ।

तर, ५० रन बनाएका केरन पोलार्डले मुम्बाईलाई जितसम्म पुर्याउन सकेनन् ।

मुम्बई निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा मात्र २२३ रनमा सिमित बन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप