एक वर्षभित्र सम्पन्न हुन्छ हुलाकी राजमार्ग : राजदूत पुरी
शुक्रबार, २९ वैशाख २०७४, ०८ : २६
धनुषा - नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालमा सञ्चालित भारतीय सहयोगका विकास योजना छिट्टै पूरा हुने बाएका छन् ।
नेपालमा सञ्चालित विकास योजनामध्ये सबैभन्दा महत्वपूर्ण मानिएको हुलाकी राजमार्ग एक वर्षभित्र सम्पन्न हुने उनले बताए । भारतीय राजदूत पुरीले भारत सरकारको लगानीमा नेपालका धेरै आयोजना निर्माणाधीन अवस्थामा रहेको बताउँदै निर्माणाधीन अवस्थामा रहेका मध्ये हुलाकी राजमार्ग प्रमुख भएको बताए ।
उहाँले तराई मधेसका लागि उपयोगी राजमार्गका रुपमा परिचित हुलाकी राजमार्ग निर्माणमा भारतीय सरकारको पनि चासो रहेको बताउँदै आउँदो एक वर्षभित्र हुलाकी सडक सम्पन्न गर्न जोड दिने बताए ।
नेपाल–भारत मैत्री युवा सङ्घद्वारा जनकपुरमा विहिबार आयोजना गरिएको स्वागत एवम् सम्मान कार्यक्रममा २४औँ राजदूतका रुपमा नेपाल आउनुभएका पुरीले नेपाल र भारतको सभ्यतालाई जोडेर राख्न जनकपुरधामको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपाल र भारतबीचको रेल्वे सञ्चालन आए दुवै देशको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
नेपाल–भारत मैत्री युवा सङ्घका अध्यक्ष तथा सांसद महेन्द्र यादवको अध्यक्षतामा भएको स्वागत एवम् सम्मान कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका सांसद डा विजयकुमार सिंह, दिनेशप्रसाद साहसहितका वक्ताले नेपाल र भारतको सम्बन्धलाई अझ अघि बढाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण