बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

यसरी भयो-पहिरोमा पुरिएका स्काभेटर चालकको उद्धार

शुक्रबार, २९ वैशाख २०७४, ०८ : ३२
शुक्रबार, २९ वैशाख २०७४
गोरखा - गोरखाको अजिरकोट गाउँपालिका–१ घ्याच्चोकस्थित धनसिरा गाउँ जाने सडक खन्ने क्रममा पहाडको ढिस्को खसेर पुरिएका स्काभेटर चालक धादिङ स्याबुङ–६ का ३६ वर्षीय तेन्जिङ तामाङको सकुशल उद्धार गरिएको छ । बिहीबार अपराह्न सडक खन्ने क्रममा अकस्मात पहिरो खसेपछि स्काभेटरसहित चालक तामाङ पहिरोमा पुरिएका थिए । धनसिरा माध्यमिक विद्यालय मतदानस्थलमा खटिएका मतदान अधिकृत उज्ज्वल गिरी, प्रहरी निरीक्षक नेत्रप्रसाद भट्ट, सशस्त्र प्रहरी र स्थानीयवासीले चालक तामाङलाई उद्धार गरेका हुन् । “पहिरोले आधा शरीर पुरिएका चालक तामाङलाई हामीले सकुशल उद्धार ग¥यौँ”, मतदान अधिकृत गिरीले भन्नुभयो, “गोडा, घुँडालगायत ठाउँमा चोट लागेका तामाङलाई मतदानस्थलमै प्राथमिक उपचार गरिएको छ ।” चालक तामाङको अवस्था सामान्य रहेको गिरीले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पहिरोले पुरिएर सामान्य घाइते भएका चालक तामाङको सकुशल उद्धार गरिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप