बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

मोरङ व्यापार सङ्घको अध्यक्षमा पुनः सारडा

शुक्रबार, २९ वैशाख २०७४, ०८ : ४९
शुक्रबार, २९ वैशाख २०७४
पथरी  - वैशाख मोरङ व्यापार सङ्घको अध्यक्षमा पुनः सांसद पवनकुमार सारडा चयन भएका छन् । ३१औँ कार्य समितिका पदाधिकारीले बिहीबार साँझ सारडालाई अध्यक्षमा निर्विरोध चयन गरेका हुन् । सल्लाहकारमा अविनाश बोहरा, वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा, वाणिज्य क्षेत्रको उपाध्यक्षमा सुशीलकुमार जोशी, उद्योग क्षेत्रको उपाध्यक्षमा सुनिल टिवडेवाला, महासचिवमा नवीन रिजाल, सचिवमा अनिलकुमार साह र प्रवक्तामा विकासकुमार लालवानी चयन भएका छन् । यसैगरी, कार्यकारिणी सदस्यहरुमा अनुपम राठी, अनिल सारडा, दीपेश सुवेदी, पवन राठी, देवाशीष गोल्छा, ललित बोहरा, मुकेशकुमार राठी रहेका छन् । अन्य सदस्यमा पियुष तोदी, मनिषकुमार मारु, राजन श्रेष्ठ, सुनिलकुमार विडला र ओमप्रकाश श्रेष्ठ रहेको छ । यसअघि पाँच दिनअघि व्यापार सङ्घको कार्यकारिणी सदस्यका लागि चुनाव भएको थियो । सो चुनावमा सांसद पवन सारडा पक्षका बहुमत व्यापारीले कार्यकारिणी सदस्य जितेका थिए । सो चुनावमा अध्यक्षका अर्का दावेदार राजेन्द्र राउत आफूसहित कार्यकारिणी सदस्य पदमा पराजित भएका थिए । व्यापार सङ्घका कार्यकारी सदस्यमा जुन पक्षले बहुमत ल्याउँछ त्यो पक्षले नेतृत्व चयन गर्ने प्रावधानअनुरुप पवन सारडा अध्यक्षमा चयन हुनुभएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप