छसय बढी मुक्त हलिया परिवार पुनःस्थापना
शुक्रबार, २९ वैशाख २०७४, ०८ : ५४
कञ्चनपुर - कञ्चनपुरका परिचयपत्र पाएका एक हजार ४९७ मुक्त हलिया परिवारमध्ये ६२१ परिवार मात्रै पुनःस्थापना भएका छन् ।
राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अनुसार आव २०७२÷७३ मा २७८ र चालु आवको हालसम्म ३४३ परिवार गरी ६२१ परिवार मुक्त हलियाको जग्गा खरिद, घर निर्माण र घर मर्मत गरी पुनःस्थापना गरिएको छ ।
लगतमा समावेश भएका दुई हजार ५१६ मुक्त हलियामध्ये एक हजार ४९७ जनाले मात्रै परिचयपत्र पाएका छन् । लगतमा समावेश भएका परिचयपत्र पाउन नसकेका मुक्त हलियाको सङ्ख्या एक हजार १९ रहेको समाजका अध्यक्ष शिवी लुहारले बताए ।
हलिया पुनःस्थापनाको कार्यलाई दु्रतगतिमा अगाडि नबढाउँदा धेरै परिवारको अवस्था निकै कष्टकर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण