सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

‘हिजाब बाइकर’को सुपरबाइकर बन्ने रहर

शुक्रबार, २९ वैशाख २०७४, ११ : १०
शुक्रबार, २९ वैशाख २०७४

नयाँ दिल्ली, वैशाख २९ - अहिले महिलाहरुले मोटरसाइकल वा स्कुटर चलाएर हिँडेको दृश्य त्यति बिरलो होइन । तैपनि २२ वर्षीया जामिया मिलिया इस्लामियाकी छात्राको भने चर्चा छ ।

किनभने अन्य युवतीभन्दा भिन्न उनी मोटरसाइकल चलाउँदा मुस्लिम समुदायको पारम्परिक पहिरन हिजाब लगाउँछिन् ।

७ महिनाअघि मात्र मोटर साइकल किनेकी रोशनी मिसबाह आफ्नै सवारी पाउँदा दंग छिन् । उनी भन्छिन्, ‘बाइक कुदाउनु मेरो जुनुन हो । स्कूलदेखि नै मैले बाइक कुदाउन थालेकी हुँ । कहिले बुवाको कहिले दाईको त कहिले साथीको । तर, अहिले मसँग आफ्नै बाइक छ ।’

तर, रुढीवादी मुस्लिम परिवारमा हुर्केकी रोशनीका लागि ‘बाइक महिलाका लागि होइन’ भन्ने मान्यता तोड्न कम कष्ट गर्नुपरेको थिएन ।

रोशनीले मात्र नभएर उनको परिवारले पनि आफन्तबाट विरोधको सामना गर्नुपरेको थियो ।

‘मेरा आफन्तले मेरो बुवालाई छोरीलाई मोटरसाइकल किन्नहुँदैन भनेर भन्थे । मोटरसाइकल केटीका लागि होइन भन्ने उनीहरुको मान्यता थियो । तर, वुवाले कसैको सुन्नुभएन र मलाई किन्न दिनुभयो ।’

हरेक दिन बाटोमा मोटरसाइकल कुदाउँदा बाटोमा मान्छेहरु उनलाई देखेर छक्क पर्छन् ।

‘मैले कहिले पनि अरुले के सोँच्छन् भन्ने ध्यान दिइँन । म हिजाब लगाएर बाइक चलाउँछु किनभने म मेरो इच्छा र धर्म दुवैलाई मान्छु ।’

उनी अहिले अरब इस्लामिक संस्कृतिबारे अध्ययन गरिरहेकी छिन् ।

धेरैले उनको यो सहासका तारिफ पनि गरेका छन् ।

‘पहिले त मेरा कलेजका साथी पनि मैले हिजाब लगाएर बाइक चलाएको देख्दा दंग पर्थे,’ उनी भन्छिन्, ‘तर अहिले उनीहरु यसको तारिफ गर्छन् । मैले मेरा अन्य केटी साथीहरुलाई पनि बाइक चलाउन सिकाएकी छु ।’

अब इच्छा के छ त ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘म सुपरबाइकरको उपाधि जित्न चाहन्छु । सुपरबाइक रेसिङ बुध अन्तर्राष्ट्रिय सकिटमा आयोजना हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप