आमा बनिन् प्रियंका कार्की
काठमाडौं, बैशाख २९ – अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन् । रियल लाइफमा नभएर रिल लाइफमा उनी आमा बनेकी हुन् । गतबर्षको सफल चलचित्र ‘छक्का पन्जा’को सिक्वेल ‘छक्का पन्जा २’ अभिनयमा उनले आमाको भुमिका निर्बाह गरिरहेकी छन् ।
चलचित्र भित्र उनले अभिनेत्री स्वस्तिमा खड्काकी आमाको भूमिका निर्वाहा गरिरहेको निर्माण युनिटले जनाएको छ ।
छक्का पन्जामा दीपकराज गिरीसँग विवाहको नाटक गरेर अन्तिम समयमा शिवहरी पौडेलकी पत्नी बनेकी उनी यो चलचित्रमा स्वस्तिमाकी आमा बनेकी छन् ।
सधै अभिनेत्रीको भुमिकामा देखिने गरेकी प्रियंकालाई आमाको भुमिकामा पनि साधारण लुकमा देख्न सकिन्छ । छायाँकन पहिले प्रचारका लागि प्रोमो र रिलिज डेट तोकिएको चलचित्र दीपाश्री निरौलाले निर्देशन गरिरहेकी छन् भने कार्यकारी निर्माता विकास आचार्य हुन् ।
पहिलो सिक्वेलमा नदेखिएका स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकालको यो चलचित्रमा मुख्य भुमिका रहेको छ । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ ।
चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक–दीपाको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रमा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहनेछ ।
यो युनिटबाट अहिले धुर्मुस सुन्तली र निर्मल शर्मा अलग भएका छन् । यी कलाकार अलग हुनुले चलचित्रलाई ब्यवसाहिक धक्का लाग्ने अनुमान धेरैले लगायका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने
-
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण