सुनिता दुलाललाई १० प्रश्नः प्रेमपत्रदेखि फ्यानसँग डेटसम्म
व्यस्त गायिकाको सूची बनाउने हो भने गायिका सुनिता दुलालको नाम पनि अग्रपङ्क्तिमा आउँछ । कार्यक्रमका लागि विदेश गइरहने गायिका हुन् उनी । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, गुगलप्लस र युट्यबमा पनि उनी अपडेट रहन्छिन् ।
सामाजिक सञ्जालमध्ये फेसबुकबाट उनलाई विवाहको प्रस्ताव धेरै आउँने गरेका छन् । त्यसरी आएको प्रस्तावको वास्ता गर्दिनन् उनी । गायनको कमाइ एल्बम निकाल्नमै लगानी गर्ने गरेकी उनी तीज गीत, आधुनिक गीत, लोक गीत प्रायः सबै खालका गीत गायनमा अब्बल छिन् । गायनको कमाइ अनाथ बच्चाको पढाइमा खर्च गर्दै समाजसेवा समेत लागेकी यी गायिकालाई आठ कक्षामा पढ्दा नै प्रेमपत्र आएको थियो रे । यिनै गायिका दुलाललाई रातोपाटीको दस प्रश्न ।
गायनको पहिलो कमाइ के गर्नुभयो ? एल्बममा लगानी गरेँ । जुन लगानीले मलाई एल्बम निकाल्न सजिलो भयो । प्रचारका लागि भिडियो पनि बनाएँ । अहिलेसम्म पनि गायनको धेरै कमाइ एल्बम बनाउनमै खर्च गर्दै आएकी छु ।
एक्सरसाइजमा कतिको ध्यान दिनुहुन्छ ? एक्सरसाइजका लागि फिटनेस सेन्टर धाउने गरेकी छैन । जे–जस्तो हुन्छ, घरमै गर्ने गरेकी छु । घरमा काम गर्नुपर्ने भएकाले एक्सरसाइज त्यति गर्नु पर्दैन । विदेश जाँदा होटलमा काम पनि नहुने र एक्सरसाइजका उपकरण पनि हुने भएकाले गर्छु । घरमा हल्का योगा गर्छु ।
फेसन कतिको फेर्ने गर्नुभएको छ ? फेर्छु । मलाई धेरै मनपर्ने भनेको नेपाली सारी, ढाकाका सारी हुन् । कार्यक्रममा जाँदा पनि यस्ता पहिरन लगाउने गरेकी छु । अन्य समय आफूलाई सुहाउँदो सबै खालका पहिरन प्रयोग गर्छु ।
कस्तो पुरुष मनपर्छ ? मलाई बुझ्ने, मेरो कामको सम्मान गर्ने, महिलालाई इज्जत दिने पुरुष मनपर्छ ।
मनपर्ने हिरो नि ? केही छन् । कोही के कारणले मनपर्छ, कोही के कारणले । सबैभन्दा मनपर्ने हिरो भनेर एकको नाम लिन अहिले सक्दिनँ । किनभने सबैसँग राम्रो सम्बन्ध बनाइराख्न चाहन्छु । फेबरेट हिरो यही हो भन्ने पनि छैन ।
मन पर्ने गीत छन् ? स्वर्गीय अरुणा लामाको सबै आधुनिक तथा सेन्टिमेनटल गीत मलाई गाउन, सुन्न मनपर्छ । अरुणा लामा मलाई मनपर्ने गायिका पनि हुन् । अरुण थापाको गीतहरु पनि मनपर्छ । पहिलो प्रेमपत्र कहिले लेख्नुभयो ? त्यस्तो प्रेमपत्र अहिलेसम्म लेखेर कसैलाई पठाएकी छैन । मलाई पहिलो प्रेमपत्र कक्षा ८ पढ्दा खेरी आएको थियो । अहिले उसको नाम नभनौँ । सँगै कक्षामा पढ्ने एक केटा थियो । पढेर त्यतिकै राखेकी थिएँ । दिदीले देख्नु भएछ । पछि के–के भयो याद छैन ।
कस्तो सवारीको सौख छ ? त्यस्तो सौख भन्ने छैन । गाडी चढ्ने थियो । त्यो धेरै अगाडि पूरा गरेँ । अहिले फेरि नयाँ गाडी फेरेकी छु । मलाई आफूलाई मनपर्ने होस् । पानी पर्दा भिजेर हिँड्न नपरोस् । धुलोले मैलिनु नपरोस् । त्यति भएपुग्छ । यस्तो गाडी उस्तो गाडी भन्ने छैन ।
राजधानीको कुन पक्ष मनपर्छ ? सबैभन्दा मनपर्ने पक्ष हावापानी हो । यहाँको हावापानी एकदमै राम्रो छ । तराई जाँदा होस् वा पहाड जाँदा होस् विभिन्न फरक मौसम भेटिन्छ । काठमाडौँको मौसम अन्य ठाउँको तुलनामा एसीमा बसेको जस्तो छ । जाडोमा धेरै जाडो पनि हुँदैन । गर्मीमा धेरै गर्मी पनि हुँदैन । यहाँ अहिले धेरै कुरा मेन्टेन गर्नुपर्ने भएको छ ।
फ्यानसँग डेट जानुभएको छ ? गएकी छु । कान्तिपुर एफएममा एक कार्यक्रममा छ । त्यस कार्यक्रमले फ्यानलाई सेलिब्रेटीसँग डेट जाने अवसर दिलाउने गर्दछ । त्यो कार्यक्रम मार्फत धेरै फ्यानसँग अनामनगरको एक रेस्टुरेन्टमा डेट गएकी थिए । दुवै आँखा नभएका(दृष्टिविहिन) व्यक्तिदेखि धेरै महिला फ्यानसँग सो समय डेट भएको थियो । धेरै रमाइलो भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने
-
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण