जब विवाहित सञ्जय माधुरीको प्रेममा परे
एजेन्सी
मुम्बई, वैशाख २९ – सञ्जय दत्तको जीवनमा आधारित रहेर बनिरहेको राजकुमार हिरानीको चलचित्रमा उनको जीवनबारे धेरै उतार चढाव देख्न पाइनेछ ।
भारतीय सञ्चार माध्यमका अनुसार माधुरी दिक्षित सञ्जय दत्तलाई फोन गरेर आफ्नो जीवनीमा आफ्नो बारे नदेखाउन आग्रह गरेका छन् । यद्यपि, यसबारे माधुरीले खण्डन समेत गर्दै आफूलाई यसबारे केही थाहा नभएको बताइसकेकी छिन् ।
उनले आफू जीवनमा धेरै अघि बढिसकेको र यसले आफूलाई कुनै असर नगर्ने बताइन् ।
९० को दशकमा सञ्जय र माधुरीको प्रेमको बारेमा ठूलो चर्चा थियो ।
८० को दशको अन्त्यतिर माधुरी बलिउडको शीर्ष नायिका मध्येमा थिइन् । उनले तेजाब (१९८८) र दिल (१९९०) जस्ता ब्लकबस्टर चलचित्रमा काम गरेकी थिइन् ।
सन् १९९१ मा आएको चलचित्र साजनको सुटिङका दौरान माधुरी र सञ्जय नजिक बनेका थिए ।
त्यसपछि उनीहरुबीच प्रेम बसेको भनिन्छ । चलचित्र निकै हिट भएको थियो ।
यो जोडीलाई फेरि खलनायक (१९९३) मा देखिएको थियो ।
चलचित्रमा उनको जोडी ज्याकी श्रौफसँग भए पनि उनी सञ्जयसँग धेरै देखिएकी थिइन् ।
यसो त सन् १९८८ मा आएको चलचत्रि खतरो के खिलाडीमा दुई जनालाई पहिलो पटक देखिएको थियो । यो चलचित्रमा अन्य धेरै कलाकारहरु पनि थिए ।
यसपछि दुवैलाई कानुन अपना अपना (१९८९) थानेदार (१९९०), साहिबा (१९९३) लगायत चलचित्रमा जोडीको रुपमा देखिएको थियो ।
त्यतिबेला दुई जनाको प्रेमबारे बलिउडमा निकै चर्चा थियो । भनिन्थ्यो, दुवै विवाह नजिक पुगेका थिए ।
तर, त्यतिबेला सञ्जय विवाहित थिए । उनको एउटा छोरी त्रिशाला पनि थिइन् । यसकारण माधुरीको बुवालाई यो सम्बन्ध मन परेन ।
उनको परिवारले सञ्जयसँग सम्बन्ध तोड्न ठूलो दबाब दिए । यसैबीच सञ्जय खलनायक चलचित्रको दौरान सञ्जय जेल गएपछि माधुरीले उनीसँग दुरी बढाउँदै गइन् ।
त्यसपछि दुवैले एउटै चलचित्रमा काम गरेनन् ।
सञ्जय १६ महिना जेलमा रहे पनि माधुरी एक पटक पनि उनलाई भेट्न गइनन् । जेलबाट निस्केपछि पनि उनले सञ्जयलाई भेटिनन् ।
यसरी दुवैको सम्बन्धको अन्त्य भयो ।
सञ्जय यति रुष्ट भए कि उनले त्यसपछि माधुरीसँग कुनै पनि चलचित्र खेल्न मानेनन् ।
लामो समय सञ्जयबारे गरिएको प्रश्नमा माधुरी चुप बस्थिन् ।
धेरैपछि माधुरीले अमेरिकामा रहेका डाक्टर श्रीराम नेनेसँग विवाह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
-
गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
-
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण