सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

इन्डोनेसियाको तटमा भेटियो १५ मिटर लामो अनौठो जीव

शुक्रबार, २९ वैशाख २०७४, १६ : ४२
शुक्रबार, २९ वैशाख २०७४

एजेन्सी

इन्डोनेसिया, वैशाख २९ – इन्डोनेसियाको तटमा अनौठो समुद्री जीवको शव देखा परेको छ ।

करिब १५ मिटर लामो जीवको शव मालुकु प्रान्तको सेरम टापुको तटमा स्थानीयहरुले फेला पारेको जकार्ता ग्लोबले बताएको छ ।

मंगलबार राती पहिलो पटक यसलाई देखेका ३७ वर्षीय अश्रुल टुनाकोटाले शुरुमा डुङ्गा भएको सोचेका थिए ।

त्यसयता यो अनौठो जीवलाई हेर्न सयौँ मानिस तटमा पुगेका छन् ।

धेरैले यो ह्वेल वा स्कुइडको गलेको शव हुन सक्ने अनुमान गरेका छन् ।

यसअघि पनि फिलिपिन्समा यस्तै अनौठो जीव भेटिएको थियो । तर पछि अध्ययन गर्दा त्यो ह्वेलको कुहिएको शव रहेको पत्ता लागेको थियो ।

कुहिएपछि शवले अनौठो आकार लिएको वैज्ञानिकहरुले बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप