बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

११ को परीक्षा सर्न सक्ने

शुक्रबार, २९ वैशाख २०७४, १६ : ५०
शुक्रबार, २९ वैशाख २०७४
काठमाडौं, बैशाख २९–राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सर्न सक्ने संकेत गरेको छ । परीक्षा संचालन हुने विद्यालयमा मतदान केन्द्र तोकिने अर्थात् मतगणना गर्नुपर्ने हुन सक्ने भन्दै परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सर्ने संभावना रहेको जनाएको हो । निर्वाचन आयोगले बैशाख ३१ गते निर्वाचनका लागि मिति तय गरेपछि परीक्षा तालिका प्रकाशित गरिएको भए पनि पछि दुई चरणमा निर्वाचन गर्ने निर्णय भएकाले परीक्षा प्रभावित हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर कुँवरले असार १ गते देखि हुने भनिएको कक्षा ११ को परीक्षा सर्न सक्ने संभावना रहेको जानकारी दिए । जेठ ३१ गते प्रदेश नम्बर १, २ , ५ र ७ नम्बरमा स्थानीय तहको निर्वाचनको मिति तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप