प्रदेश नं. ६ : सुर्खेतमा यसरी गरियो पहिलो प्रादेशिक ब्यापार मेला (फोटो फिचर)
वीरेन्द्रनगरमा गत माघ २६ गते देखि सुरु भएको प्रादेशिक व्यापारिक मेला जारी छ । प्रदेशस्तरीय औद्योगिक, ब्यापार, पर्यटन तथा कृषि महोत्सव फागुन ८ गतेसम्म जारी रहने जनाइएको छ । यो महोत्सवमा १५ करोड हाराहारीमा ब्यापारिक कारोबार हुने आयोजकले अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक पदमबहादुर शाहीले बताए । उनले तीन लाखभन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा लिएको बताए ।
प्रदेश उद्योग वाणिज्य सङ्घको आयोजनामा वीरेन्द्रनगरको घण्टाघरको खुल्ला मञ्चमा भइरहेको महोत्सवमा झन्डै चार सय स्टल राखिएका छन् । महोत्सवमा स्थानीयस्तरमा उत्पादित सामाग्री देखि स्वदेशी तथा विदेशी उत्पादनका सामग्रीहरू राखिएका छन् । नेपाल, भारत, पाकिस्तान लगायतका देशका स्टल राखिएको छ । महोत्सवमा स्थानीय स्तरमा उत्पादित जडीबुटी चिया, मह, सिस्नो, अल्लोलगायतका सामग्री राखिएका छन् । मेलामा अवलोकनका लागि ५० रुपियाँको टिकटको व्यवस्था गरिएको छ ।
देश सङ्घीय संरचनामा गएपछि पहिलो पटक प्रादेशिक महोत्सव गरिएको आयोजकले भनाइ छ । गत माघ २६ गते प्रदेश प्रमुख दुर्गाकेशर खनालले महोत्सवको उद्घाटन गरेका थिए ।
प्रदेशका १० जिल्लाका उद्योग वाणिज्य सङ्घहरू महोत्सवमा आबद्ध छन् । महोत्सवमा फ्री वाइफाई, मनोरञ्जन स्थल, बालबालिकाका लागि खेल्ने समाग्री, रोटेपिङ, सर्कसलगायतका मनोरञ्जनको व्यवस्था गरिएको छ ।
यसका साथै मेलामा मनोरञ्जनका लागि चर्चित कलाकारहरूले पनि आफ्नो प्रस्तुति देखाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण