यो होटलमा शवको लागि मात्र बुक हुन्छ कोठा, पाइन्छ पाँच तारे जस्तो सुविधा
एजेन्सी
जेठ १ – के तपाईंले कहिले शवको लागि पनि विशेष होटल हुने कुरा सुन्नुभएको छ । यदि यस्तो सुन्नुभएको छैन भने आज हामी तपाईंलाई यस्तै एक होटलबारे जानकारी दिँदैछौं जहाँ शवको लागि मात्र कोठा बुक गर्न पाइन्छ ।
यो होटलमा शवलाई राख्नका लागि विशेष व्यवस्था मिलाइएको हुन्छ । यहाँ राखिएका शवले पाँच तारे होटलका सबै सुविधा पाउने गर्दछन् । तपाईंले सोचिरहनुभएको होला, आखिर शवलाई किन होटलको आवश्यक पर्छ र ? आउनुहोस्, यो होटल किन सुरु गरियो, कोठा बुक गरेबापत् कति पैसा चुकाउनुपर्छ, होटल कहाँ छ भन्ने बारे जानकारी लिऔं ।
जापानमा खोलिएको यो होटलमा सर्वसाधारणका लागि कोठा बुक गर्न पाइँदैन । यहाँ शवका लागि मात्र कोठा बुक गर्ने सुविधा दिइएको छ । ‘द लास्टेन’ नाम दिइएको यो होटलमा पाँच तारे होटलमा हुने तमाम सुविधा रहेका छन् ।
किन सुरु गरियो यो होटल ?
यो होटललाई योकोहामाका व्यवसायी हिसायोशी टेरामुराले बनाएका हुन् । टेरामुराको पहिलादेखि नै अन्तिम संस्कारसँग जोडिएका कारोबार छ । जापानमा मृत्युदर अत्यधिक भएका कारण त्यहाँको शवगृहमा आफ्नो आफन्तको अन्तिम संस्कारका लागि दुई तीन दिनसम्म प्रतिक्षा गर्नुपर्दथ्यो जसका कारण उनका परिवारलाई शवलाई सुरक्षित राख्नमा निकै समस्या हुने भएकाले हिसायोशीले यस्तो होटलको स्थापना गरेका हुन् ।
मानिसहरुबिच बढ्यो मागः
जापानमा यो होटलको सुरुवात गर्ने व्यापारी टेरामुराका अनुसार मानिसहरुको घर सानो हुन्छ र आफन्तको शवलाई दुई तीन दिनसम्म सुरक्षित राख्नु चुनौतीपूर्ण हुन्छ । यस्तोमा मानिसहरु आफ्नो आफन्तको शवलाई यो होटलमा सुरक्षित गरेर राख्न सक्छन् ।
कति छ होटलको कोठाको भाडाः
यो होटलमा मानिसहरुको आफ्नो आफन्तको शव होटलमा राखेबापत् दिनको १२ सय येन ( करिब ११ हजार रुपैयाँ) भाडा तिर्नुपर्ने हुन्छ । मानिसहरुले आफ्नो आफन्तको शवलाई त्यतिबेलासम्म यहाँ राख्छन् जबसम्म शवगृहमा अन्तिम संस्कारका लागि उनीहरुको पालो आउँदैन । जापानको यो होटलको माग बढ्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण