सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

जोडीले सम्बन्धविच्छेदपछि यसरी गरे रमाइलो, भाइरल भइरहेको छ सेल्फी

बुधबार, ०३ जेठ २०७४, १२ : ०६
बुधबार, ०३ जेठ २०७४

एजेन्सी

जेठ ३ – सोसल साइट मानिसहरुका लागि यस्तो प्लेटफर्म बनेको छ जसमा चर्चित हुन मानिसहरुले कुनै तरिका बाँकी छोड्दैनन् । भर्खरै क्यानडामा बस्ने एक जोडीले सम्बन्धविच्छेद लिएपछि आफ्नो सेल्फी पोष्ट गरेका छन् जो भाइरल भइरहेको छ ।

– ड्यू स्यानन र क्रिस न्यूमनले केही समयअघि मात्र सम्बन्धविच्छेद गरेका छन् । त्यसपछि उत्सव मनाउँदै उनीहरुले निकै खुसी भएर सेल्फी खिचे र त्यसलाई सोसल मिडियामा अपलोड गरे । फोटो अपलोड गर्दै उनीहरुले लेखेका छन्, ‘हाम्रो सम्बन्धविच्छेद भएको छ र हामी अलग्गिएका छौं तर हामी खुसी छौं । त्यसकारण हाँसिरहेका छौं । हामीले अद्भूत काम गरेका छौं ।’

– स्याननको यो पोष्टलाई अहिलेसम्म तीस हजारभन्दा बढिले सेयर गरेका छन् । यद्यपी, सम्बन्धविच्छेद पछि यसरी फोटो खिचाएको यो पहिलो घटना होइन । पछिल्लो वर्षदेखि ‘डिभोर्स सेल्फी’ को प्रचलनमा निकै वृद्धि भइरहेको छ ।

करिब एक दर्जन जोडीले अलग्गिएपछि आफ्नो स्माइली सेल्फी र ब्रेकअप सेल्फीलाई सोसल साइट्समा अपलोड गरेका छन् जो निकै भाइरल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप