शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश नम्बर ६ मा महेन्द्रबहादुर शाही मुख्यमन्त्री

बिहीबार, ०३ फागुन २०७४, १७ : २३
बिहीबार, ०३ फागुन २०७४

सुर्खेत– प्रदेश नम्बर ६ मा महेन्द्रबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भएका छन् । पूर्व उर्जामन्त्री समेत रहेका शाही बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।  

बिहीबार मुख्यमन्त्री भएपनि शाहीले शुक्रबार मात्र सपथ लिने जनाइएको छ । यसअघि माओवादीले शाहीलाई एमाले संसदीय दलका नेता कँडेलको समर्थनमा मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष दाबी पेश गरेको थियो । 

उक्त प्रदेशमा एमालेले मुख्यमन्त्रीमा आलोपालोको प्रस्ताव राखेपछि सरकार गठनमा ढिलाई भएको थियो । दुई पार्टीबीचमा समन्वयमा आज शाहीलाई मुख्यमन्त्री नियुक्त गरिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप