एउटा यस्तो खुर्सानी जुन खाँदा तपाईंको ज्यानै जान्छ
मिरर डट को डट युके
जेठ ५ –एक सेफले संसारको सबैभन्दा पिरो खुर्सानीको विकास गरेका छन् जुन खाँदा तपाईंको ज्यानै जाने खतरा छ ।
ड्र्यागन ब्रेथ नाम दिइएको उक्त खुर्सानी एनेस्थेटिकको रुपमा चिकित्सा उपचारमा प्रयोग गर्नका लागि विकास गरिएको थियो किनभने उक्त खुर्सानीबाट निस्कने तेल यति धेरै शक्तिशाली हुन्छ कि यसले छालालाई चेतनाशून्य बनाइदिन्छ ।
सेन्ट अस्याफस्थित नर्थ वेल्सका माइक स्मिथले विगत ७ वर्षदेखि खुर्सानी र तरकारीको उत्पादन गरिरहेको द डेली पोष्ट रिपोर्टले बताएको छ ।
यो खुर्सानी खाने व्यक्तिलाई ‘एनाफिल्याक्टिक सक’ लाग्छ जसले वायुमार्गलाई जलाउने काम गर्छ ।
५३ वर्षे स्मिथ भन्छन्, ‘यसलाई खानै सकिन्न । मैले एकपटक यसलाई जिब्रोको टुप्पामा छोएर चाखेको थिएँ, तर यसले यति पोल्यो कि कुरै नगरौं । मैले त्यसलाई करिब १० सेकेन्डभित्रै थुकिदिएँ ।’
ड्र्यागन ब्रेथ यति शक्तिशाली छ कि यसको एक थोपा तेलले २० लाख ४८ हजार थोपा पानीलाई पिरो बनाउँछ ।
नोटिङ्घम ट्रेन्ट युनिभर्सिटीसँगको समन्वयमा तयार गरिएको उक्त खुर्सानीको औषधीय गुणसमेत भएको स्मिथ बताउँछन् ।
उनले भने, ‘एनेस्थेटिकसँग एलर्जी भएका मानिसहरुको उपचारका लागि यसको विकास गरिएको हो । यसको तेल छालामा प्रयोग गर्न सकिन्छ किनभने यो यति शक्तिशाली छ कि यसले छालालाई केही चाल नपाउने किसिमको बनाउँछ । ’
ड्र्यागन ब्रेथ चिल्ली यति शक्तिशाली छ कि यसलाई विशेष सिल गरिएको कन्टेनरमा राख्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण