शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यामाहाको सडक सुरक्षा सचेतनामा मिस नेपाल प्रतियोगी सहभागी

सोमबार, ०८ जेठ २०७४, १० : ४९
सोमबार, ०८ जेठ २०७४
काठमाडौं, जेठ ८– यामाहाद्वारा आयोजित सडक सुरक्षा सचेतना कार्यक्रममा मिस नेपाल २०१७ का प्रतियोगीले सहभागिता जनाएका छन् । उनीहरुलाई शनिबार नेपाल प्रहरी, सडक सुरक्षा समाज नेपाल र एमएडब्लुका तालिमप्राप्त प्रशिक्षकले सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे जानकारी समेत गराएका छन ।  प्रतियोगीलाई नेपाल प्रहरी अन्तर्गत सडक सुरक्षा युनिटका प्रहरी नायब उपरीक्षक सविन प्रधान, सडक सुरक्षा समाज नेपालका निरज धौभडेल र यामाहाका सर्टिफाइड प्रशिक्षक जीना गुरुङले सवारी हाँक्दा र यात्रा गर्दा अपनाउनुपर्ने सावधानी र दुर्घटनाबाट बच्ने उपायबारे जानकारी दिएका थिए । कार्यशालापछि उनीहरुलाई यामाहा सेफ राइडिङ साइन्स (वाइएसआरएस) कार्यक्रममा प्रयोगात्मक अभ्याससमेत गराइएको थियो । मिस नेपालका प्रतियोगी शनिबार नै यामाहाको सामाजिक अभियानमा सहभागिता जनाए । उनीहरुले काठमाडौंका चार व्यस्त चोकमा पुगेर सवारीचालक र पैदलयात्रीलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सन्देश दिएका थिए । साथै, उनीहरुले पैदलयात्रीलाई वायु प्रदुषणको प्रभावबाट बच्न मास्क वितरण गरेका थिए । त्यसअघि मिस नेपाल प्रतियोगीलाई बैंकर मेघा बैंकका चिफ अपरेटिङ अफिसर डा. रविना देशराज श्रेष्ठले महिला सशक्तिकरणबारे ओरियन्टेसन दिएकी थिइन् । उनले मिस नेपालको अन्तिम प्रतियोगितामा छानिनु आफैंमा ठूलो उपलब्धी भएको र यो उपलब्धीलाई समाज परिवर्तनमा प्रयोग गर्नुपर्ने बताइन् । शनिबार नै‘फेस अफ फेसिनो’ कन्टेस्टको औपचारिक सुरुवात भएको छ । यामाहाले मिस नेपाल २०१७ मा अघिल्लो वर्षमाझै टुह्विलर पार्टनरको भूमिका निर्वाह गरेको छ । मिस नेपालका १९ प्रतियोगीमध्ये एक जनालाई ‘फेस अफ फेसिनो’ टाइटल प्रदान गरिने जनाइएको छ । यो टाइटलको विजेताको छनोट डा. रविना देशराज श्रेष्ठ, निलम चन्द र ओसिमा बानुको निर्णायक टोली र फेसबुक तथा देशभरका यामाहा सोरुमबाट हुने पब्लिक भोटिङमार्फत् हुनेछ । पब्लिक भोटिङ ५ जेठबाट १९ जेठ अपरान्ह ३ बजेसम्म खुल्ला रहनेछ । साथै, ‘फेस अफ फेसिनो’को लागि भोटिङ गर्नेमध्ये एक जना भाग्यशाली भोटरले सामसुङको लेटेस्ट मोडेल एस८ मोबाइल जित्न सक्नेछन् । यामाहाले मिस नेपाल २०१७ का विजेता र ‘फेस अफ फेसिनो’ का विजेतालाई एउटा एउटा फेसिनो स्कुटर उपहारमा दिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप