शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राप्रपाको निश्कर्ष : ‘हारेपनि चिन्तित र विचलन हुनुपर्दैन’ (बैठकका निर्णयसहित)

सोमबार, ०८ जेठ २०७४, १३ : ३५
सोमबार, ०८ जेठ २०७४
काठमाडौ, जेठ ८ – राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो चरणको चुनावमा अपेक्षित परिणाम नआएपनि प्राप्त परिणामबाट चिन्तित र विचलित हुनुपर्ने अवस्था नरहेको ठहर गरेको छ । सोमबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनको माध्यमबाट पार्टीको एजेण्डा र अडानप्रति आमजनतामा चेतनाको अभिवृद्धि गर्न संगठनको प्रभाव विस्तार गर्न सक्षम भएको समेत निश्कर्ष निकालेको छ । दोस्रो चरणको तयारीमा लाग्न निर्देशन त्यस्तै राप्रपाले गत चुनावको अनुभवबाट पाठ सिक्दै कमि कमजोरीलाई सुधार गरी दोश्रो चरणको निर्वाचनमा उच्च मनोबलका साथ तयारीमा जुट्न पार्टीका सवै तहका निकाय र कार्यकर्ताहरुलाई बैठक आब्हान गरेको छ । बैठकपछि प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा दोश्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा बैशाख २१ गतेभित्र जिल्ला स्तरीय कार्यकर्ता भेला गर्ने निर्णय गरेको उल्लेख छ । त्यस्तै राप्रपाले चुनावलाई दृष्टिगत गर्दै विभिन्न दलहरुसँग तालमेल गर्ने जिम्मेवारी जिल्ला कार्य समितिलाई नै दिएको जनाएको छ । त्यसका लागि पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यहरु जेठ १५ देखि चुनाव नसकिएसम्म अनिवार्य रुपले जिल्लामा रहेर क्रियाशिल हुन निर्देशन दिएको छ । प्रधान नेतृत्वको समिति गठन राप्रपाले स्थानीय तह निर्वाचनको समग्र समिक्षा र पार्टीको स्थितिबारे अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न महामन्त्री धुव्र बहादुर प्रधानको संयोजकत्वमा समिति गठन गरेको छ । तर, समितिलाई कहिलेसम्म प्तिवेदन बुझाउने भन्ने समयसीमा किटान गरेको छैन । बजेट र सहिदबारे, त्यस्तै दोश्रो चरणको निर्वाचन जेठ ३१ गते हुने भएको तथा निर्वाचन आचार संहिता कार्यान्वयन भइरहेको अवस्थामा दीर्घकालिन योजना र कार्यक्रम सहितको “पूर्ण बजेट” ल्याउनु सर्वथा अनुपयुक्त हुने हुँदा केवल “साधारण बजेट” मात्र संसदमा पेश गर्न राप्रपाले सरकारसँग माग गरेको छ । बैठकले स्थानीय तह निर्वाचनको क्रममा बैशाख ३१ गते नरहरिनाथ गा.पा. वडा नं. ६ कालिकोटको राप्रपाका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार धनरुप बटालाको सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको र अन्य ४ जना गम्भिर घाइते भएको घटनाको राप्रपाले भत्र्सना गरेको छ । उसले मृतक धनरुप बटालालाई सहिद घोषणा गरि निजको काजक्रिया गर्न आवश्यक सहयोग गर्न र निजका परिवारको भरण पोषण तथा संरक्षणका साथै उचित क्षतीपूर्ति उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप