किनारामा बसेकी बालिकालाई समुन्द्री जीवले यसरी तानेर आफैंसँग लग्यो, भिडियोमा हेर्नुहोस् त्यसपछि के भयो
एजेन्सी
जेठ ८ – सोसल मिडियामा भाइरल इरहेको क्यानडाको एक भिडिया हेरेपछि तपाईंको आङ सिरिङ्ग बनाइदिन्छ । यो भिडियोमा एक बालिका समुन्द्रको किनारामा बसकी थिइन् त्यतिबेला एक समुन्द्री जीव (Sea lion) आयो र उनलाई मुखले तानेर पानीमा लग्यो ।
वासिङ्टन पोष्टको खबर अनुसार क्यानडाको पश्चिमी तटमा बनेको डकमा मानिसहरु समुन्द्री जीवलाई खानेकुरा दिएर उनीहरुको व्यवहार देखेर दङ्ग परिरहेका थिए । त्यहाँ रहेका समुन्द्री जीव पनि मानिसहरुले दिएको खाना खान पाएर रमाइरहेका थिए । त्यसै क्रममा एक बालिका किनारामा बसेकी थिइन्, त्यतिबेलै उक्त समुन्द्री जीव पानीबाट निस्कियो र बालिकालाई आफ्नो मुखले झटपट तानेर पानीमा लिएर गयो ।
त्यहाँ उपस्थित एक व्यक्तिले तत्काल पानीमा हाम फाले र बालिकालाई समुन्द्री जीवको चंगुलबाट निकालेर सुरक्षित बाहिर निकाले । भाग्य नै मान्नुपर्छ, उक्त दुर्घटनामा युवती र ती व्यक्तिमध्ये कसैलाई पनि चोट लागेन ।
माइकल फुजिवाराले यो भिडियो खिचेका हुन् । फुजिवाराले मे २० तारिखमा आफ्नो युट्युब पेजमा यो भिडियो अपलोड गरेका थिए जसलाई अहिलेसम्म ६८ लाखभन्दा बढिले हेरिसकेका छन् । फुजिवाराले आफू धेरैजसो उक्त स्थानमा जाने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण