सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

मुसाको लागि खुल्यो क्याफे, तात्तातो कफीको चुस्कीसँगै गर्नुहोस् मुसासँग दोस्ती

सोमबार, ०८ जेठ २०७४, १४ : ४६
सोमबार, ०८ जेठ २०७४

एजेन्सी

जेठ ८ – सान फ्रान्सिस्कोमा मुसाको लागि क्याफे खोलिने भएको छ । उक्त रेष्टुरेन्टमा तपाईं मुसासँग एउटै टेबलमा बसेर कफीको मज्जा लिन सक्नुहुन्छ ।  यो अचम्मको क्याफेको नाम ‘द ब्ल्याक र्याट’ क्पाफे हो । यो क्याफेले ती मानिसहरुलाई आकर्षित गर्नेछ, जसलाई मुसा मनपर्छ । यो क्याफेमा आएर मुसासँग दोस्ती पनि गर्न सकिन्छ । युपीआईको खबर अनुसार यो क्याफेमा एक कप कफीको मूल्य ५० डलर अमेरिकी डलर हुनेछ । यति मात्र होइन, यदि तपाईं कफी पिउने क्रममा मुसासँग दोस्ती गर्नुहुन्छ भने उक्त मुसालाई आफैंसँग लैजान सक्नुहुन्छ ।

यो क्याफेको संचालन क्यालिफोर्नियाको र्याट्टी र्याट्ज नामको अडप्सन संस्थाले गर्नेछ । यो क्याफे एक जुलाईदेखि ८ जुलाईसम्म खोलिनेछ । संस्थासँग २ सय ५० भन्दा बढि पाल्तु मुसा छन् । यो संस्था सन् १९९८ मा बनाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप