राष्ट्रिय महिला भलिबल जेठ २३ देखि हुने
सोमबार, ०८ जेठ २०७४, १८ : २३
काठमाडौँ, जेठ ८ –शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही जेठको तेस्रो सातादेखि सञ्चालन हुने भएको छ ।
प्रतिष्ठानद्वारा आयोजित पत्रकार सम्मेलनमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जेठ २३ देखि २६ गतेसम्म खेल हुने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त प्रतियोगितामा छ टोलीको सहभागिता रहनेछ ।
लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा अघिल्लो विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब र उपविजेता न्यु डायमन्ड एकेडेमी तथा नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल सङ्घ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहनेछ ।
प्रतियोगिताका विजेता टोलीले रु एक लाख ५० हजार, उपविजेताले रु ७५ हजार र तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्नेछन् । बहुराष्ट्रिय रङ कम्पनी केएनपी जापान प्रालिको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिताका खेलाडीलाई प्रोत्साहन गर्न विभिन्न व्यक्तिगत पुरस्कार राखिएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माझखण्डको महारुद्रेश्वर र साउने सन्देश
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण