शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचनमा आचारसंहिता विपरीत २०५ वटा सामग्री प्रकाशन/प्रशारण

सोमबार, ०८ जेठ २०७४, १९ : ११
सोमबार, ०८ जेठ २०७४
काठमाडौँ, जेठ ८ – प्रेस काउन्सिल नेपालले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा विभिन्न सञ्चार माध्यममा निर्वाचन आचारसंहिता विपरीत २०५ वटा सामग्री प्रकाशन÷प्रशारण भएको पाइएको जनाएको छ । आज यहाँ काउन्सिलले प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचनका समयमा १२७ सञ्चारमाध्यमका २०५ वटा सामग्री आचारसहिंता विपरीत पाइएको जनाएको हो । सतसठ्ठी छापामाध्यममा प्रकाशित ११५ सामग्री, ४९ अनलाइनमा प्रकाशित÷प्रसारित ६५ सामग्री, छ वटा टेलिभिजनबाट प्रसारित १३ सामग्री, पाँच वटा रेडियोका १२ सामग्रीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको काउन्सिलका मुख्यअधिकृत झवीन्द्र भुसालले बताउनुभयो । काउन्सिलले गत वैशाख १५ गतेदेखि निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समिति गठन गरी विभिन्न सञ्चारमाध्यमको अनगुमगन गरेको थियो । मुख्य अधिकृत भुसालले सञ्चारमाध्ययमले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारप्रसार गरेको पाइएको जानकारी गराउनुभयो । काउन्सिलले निर्वाचनको मौन समयावधि अघि, मौनसमयावधि र निर्वाचनपश्चातको अवधिको अनगुमन गरेको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप