औपचारिक रुपमा बयालिस स्थानीय तहको मत परिणाम आउन बाँकी
सोमबार, ०८ जेठ २०७४, १९ : १३
काठमाडैं, जेठ ८ – गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट १० हजार ६४० प्रतिनिधि निर्वाचित भएका छन् ।
संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार आज साँझ ५ बजेसम्ममा २८३ स्थानीय तहमध्ये २४१ स्थानीय तहको मतगणना समाप्त भई उम्मेदवारको विवरण प्राप्त भएको निर्वाचन आयोगले औपचारिक रुपमा आज जानकारी गराएको छ ।
अझै ४२ स्थानीय तहको मतदानको पूर्ण विवरण प्राप्त हुन बाँकी नै छ । पछिल्लो विवरणअनुसार नगरप्रमुख वा अध्यक्ष २४१, उपाध्यक्ष÷उपप्रमुख २४१, वडाध्यक्ष दुई हजार ६६, वडा सदस्य चार हजार ८८, महिला सदस्य दुई हजार ४३ र दलित महिला सदस्य एक हजार ९६१ निर्वाचित भइसकेका छन् ।
पहिलो चरणको निर्वाचनका लागि सबै मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण