शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विप्लवका नेताले भने– दलाल व्यवस्था उखेलेरै छाड्छौं

सोमबार, ०८ जेठ २०७४, १९ : १८
सोमबार, ०८ जेठ २०७४
काठमाडौं, जेठ ८– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समीति सदस्य धर्मेन्द्र बास्तोलाले आफूहरुमाथि सरकारले जतिसुकै दमन गरे पनि प्रतिरोध गरिने बताएका छन् । राजधानीमा सोमवार आयोजित अन्तरक्रिया कार्यक्रममा बास्तोलले वर्तमान ब्यवस्था उखेलेरै छाड्ने दाबी गरे । सरकारले देशभर आफ्ना पार्टीका ४ सय भन्दा बढी कार्यकर्तालाई पक्राऊ गरेर झुट्टा मुद्धा लगाउने काम गरेको उनले दाबी गरे । तर आफूहरुमाथि जतिसुकै दमन गरे पनि अहिलेको ब्यवस्था उखेलेरै छाड्ने उनको भनाइ थियो । भोट हाल्ने उमेरका १५ लाख युवा विदेश रहेको र वर्तमान सरकारबाट जनतामा वितृष्णा रहेकाले चुनावमा भाग नलिएको समेत उनले दाबी गरे । स्थानीय चुनावका दिन कालीकोटमा मतपेटिका लुट्ने क्रममा सेनाले सरकारको आदेश नमानेका कारण क्षति कम भएको पनि उनको भनाइ थियो । त्यसैगरी सो पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले वर्तमान संसदवादी दलहरुप्रति आक्रोश ब्यक्त गर्दै सबै दलहरुलाई एकै थैलीका चटपटेको संज्ञा दिए । सूर्यमा गाई र रुखमा आँप फलेजस्तै हँसिया हतौडा चिन्ह राखेर दलहरुले विचार र मुल्यको खिल्ली उडाउने काम गरेको उनले टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप