शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पलेँटीमा गायक विधान ‘आज नाच्छे मेरी गौरी’

सोमबार, ०८ जेठ २०७४, १९ : ३४
सोमबार, ०८ जेठ २०७४
काठमाडौं, जेठ ८ – हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार हुने सांगीतिक श्रृखला पलेंटीमा यो मे महिना युवापुस्ताका गायक विधान श्रेष्ठ प्रस्तुत हुने भएका छन् । गत महिना कवि तथा गीतकार दिनेश अधिकारीका गीत र कविता मार्फत् पुनरागमन गरेको यो श्रृखलामा बिधान गुन्जन लागेका हुन् । नेपाली युवा गायनमा फरक शैलीका कलाकारका रुपमा परिचित बिधानले श्रृखलमा ‘माछी मार्न जाऊँदाजै कालापानीमा’, ‘बुहारी झार झैँ’, ‘आज नाच्छे मेरी गौरी’, ‘ग्यानबहादुर छोरो’, ‘कान्छीको अल्लारे जोवन’ जस्ता उनका दर्जनभन्दा बढी हिट गीत गाउने छन् । ‘विधानको गायन र गीतका विषयबस्तु आमचलन चल्ती भन्दा भिन्दै भएकाले मलाई मन पर्छ,’ पलेँटी शृंखलालाई संयोजन गर्दै आएका संगीतकार, कवि तथा गायक आभासले भनिन् ‘ विधान मार्फत् हामीले पलेँटीलाई नयाँ पुस्ता तर्फ पनि उन्मुख गराउन खोजेका हौं । त्यसैले यो महिनाको पलेँटी विशेष महत्वको छ ।’ आउँदो शुक्रबार साँझ ९मे २६ तारिख० नेपालयको आरशालामा विधानले आफूलाई पलेटिमा प्रस्तुत गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप