आफ्नो पार्टीलाई चुनाब चिन्ह नदिनु षड्यन्त्रमूलक कार्य : डा भट्टराई
सोमबार, ०८ जेठ २०७४, १९ : ४८
भीमदत्तनगर, जेठ ८ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले आफ्नो पार्टीलाई षड्यन्त्रमूलक ढङ्गले चुनाव चिह्न नदिएको बताएका छन् ।
कञ्चनपुरको भीमदत्तनगरमा आज पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनाव चिन्ह नदिएर नयाँ शक्तिलाई सिध्याउन एम्बुस थापिएको बताए ।
संयोजक डा। भट्टराईले स्थानीय तहको निर्वाचनको मुखमा सत्ताधारी दलहरु आफ्नो पार्टीविरुद्ध लागेको आरोप लगाउँदै छोटो अवधीमा चुनावको तयारी गर्न नसकिएको धारणा व्यक्त गरे ।
चुनाव चिह्न नपाएकै कारण अन्य दलसित तालमेल गरेर निर्वाचनमा होमिनुपरेको उल्लेख गर्दै उनले भने–‘हामीले निर्वाचन जितेको नगर र गाउँपालिकामा योजनाबद्ध विकासका लहर ल्याउनेछौं ।’
संयोजक डा। भट्टराईले स्थानीय तहको निर्वाचन राजनीतिको नयाँ प्रस्थान बिन्दु भएको बताउँदै देशलाई समृद्ध बनाउनका लागि नयाँ शक्ति पार्टी स्थापना भएको जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण