गाउँ सरकारका उपप्रमुखको बयान– बैंकमा नौ लाख ऋण छ, चुनाव लड्दा अझै ऋण थपियो
सोमबार, ०८ जेठ २०७४, १९ : ४८
[caption id="attachment_146903" align="alignleft" width="840"] मर्स्याङ्दी गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष होमबहादुर विश्वकर्मा[/caption]
लमजुङ, जेठ ८– लमजुङको मर्स्याङ्दी गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष होमबहादुर विश्वकर्माले सोमवार पदभार ग्रहण गरे ।
गाउँपालिकामा उपप्रमुखको सपथ खाएर पदभार ग्रहण लगत्तै विश्वकर्माले पत्रकार सम्मेलन गरी आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे ।
नेकपा एमालेसँगको गठबन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार भई निर्वाचित भएका विश्वकर्माले आफ्नो सम्पत्ति विवरण मात्र सार्वजनिक गरेनन्, आफूले जनताको सेवा गर्ने अवसर पाएकोमा मतदाताहरुलाई धन्यवाद दिए ।
गाउँपालिकामा पदभार ग्रहण गरेपछि आफ्नो सम्पत्ति सार्वजनिक गर्ने पनि होमबहादुर सम्भवतः पहिलो जनप्रतिनिधि हुन् । तर उनले सम्पत्ति विवरण सुनाउने क्रममा आफ्नो लाखौं रुपैयाँ बैंकमा ऋण रहेको सुनाए ।
‘बाख्रा फारम सञ्चालन गर्दाको बैंकमा नौ लाख ऋण छ’, विश्वकर्माले भने, ‘चुनाव लड्दै अझै ऋण थपिएको छ, हिसाव गर्न भ्याएको छैन ।’ आफ्नो सम्पत्तिको नाममा एउटा ल्यापटप र दुई वटा मोबाइल मात्र रहेको उनले बताए । श्रीमति तासमाया विश्वकर्माको नाउँमा दुई तोला सुन रहेको विवरण पनि उनले सुनाए ।
चार भाइमध्येका एक मस्र्याङ्दी–९ लामागाउँका सगोलमा रहेकाले आफ्नो भागमा कत्ति पर्छ भन्ने यकिन नभएको उनले बताए ।
जिल्लामा स्थानीय तहको कार्यकारी पदमा पुग्ने विश्वकर्मा दलित समुदायका एकमात्र व्यक्ति होमबहादुरले दलित समूदायबाट प्रतिनिधित्व गराउन सहयोग गरेको भन्दै पार्टी र मतदाताहरुलाई धन्यवाद दिए ।
विश्वकर्माले मर्स्याङ्दी गाउँपालिकालाई नमूना, विकशित र सम्वृद्ध बनाउने भन्दै आफ्नो योजना पनि सुनाए । बहुदलीय प्रतिष्पर्धात्मक ब्यवस्थामा निर्वाचनकाबेला एक दलबाट उम्मेदवार बन्नु लोकतान्त्रिक अभ्यास भित्रै परेपनि निर्वाचित भैसकेपछि अब कुनै दलविशेषको नभई सबैको साझा जनप्रतिधिको रुपमा उभिएर अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।
२७ वर्षीय होमबहादुर महत्वपूर्ण पदमा निर्वाचितमध्ये जिल्लाकै कान्छा जनप्रतिनिधि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण