शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कीर्तिपुरमा नगरप्रमुखलगायत एकाउन्नलाई सपथ

सोमबार, ०८ जेठ २०७४, २० : ०७
सोमबार, ०८ जेठ २०७४
काठमाडौँ, जेठ ८ – कीर्तिपुर नगरपालिकाका विभिन्न पदमा नवनिर्वाचित ५१ विजेतालाई आज पद तथा गोपनीयताको सपथ गराउनाका साथै प्रमाणपत्र वितरण गरिएको छ । मतदान अधिकृत गजेन्द्रबहादुर सिंहले नगर प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती रिजाल तथा १० वडाध्यक्षलाई सपथ गराउँदै लामो समयपछि स्थानीय जनप्रतिनिधिले स्थानीयवासीको सहभागितामा विकास, निर्माणका काम गर्ने अवसर प्राप्त भएको बताउँदै सिंहदरबारमा केन्द्रित अधिकारलाई स्थानीय सरकारमार्फत जनतामा पु¥याई परिवर्तनको अनुभूति गराउनुपर्ने सुझाव दिनुभयो । सपथ लिएपछि नगरप्रमुख महर्जनले कानुनले दिएको अधिकारलाई प्रयोग गरी स्थानीय पूर्वाधारको विकास गर्ने प्रतिबद्धता जनाउनुभयो । उपप्रमुख रिजालले स्रोतसाधनको बाँडफाँट तथा वित्तीय परिचालनमा जोड दिइने बताउनुभयो । कुल १० वडा रहेको सो नगरपालिका–१ मा दलित सदस्यको उम्मेदवारी नपरेका कारण ३९ निर्वाचित सदस्यलाई नगरप्रमुख महर्जनले सोही कार्यक्रममा सपथ गराउनुभयो । नगरप्रमुख तथा उपप्रमुखले आजै नगरपालिका कार्यालयमा गई पदबहाली गर्नुभएको छ । सो नगरपालिकाका सात वडाध्यक्षमा नेकपा(एमाले) र तीन वटामा नेपाली काँग्रेस विजयी भएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप