विप्लवले मतपेटिका लुटेको ठाउँको मतगणना शुरु, माओवादी केन्द्र अगाडि
सोमबार, ०८ जेठ २०७४, २० : १२
कालिकोट, जेठ ८– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मतपेटिका लुटेको कालिकोटको नरहरिनाथ गाउँपालिकामा मतगणना सुरू भएको छ ।
वैशाख ३१ गते मतदान सम्पन्न भइ शील गरी गणनास्थलतर्फ लैजादै गर्दा नेकपा कार्यकर्ताले मतपेटिका लुटेका थिए । सो क्रममा झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको थियो ।
मतपेटिका लुटिएपछि स्थगित भएको उक्त गाउँपालिकामा आइतबार पुनः मतदान भएको थियो । प्रारम्भिक मतगणनाअनुसार यो गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ ।
पछिल्लो परिणाम अनुसार प्रमुखका लागि माओवादी केन्द्रका उम्मेदवार अग्रबहादुर विष्टले ५१९ मत पाएका छन् भने एमालेका धीरबहादुर विष्टले ३८५ प्राप्त गरेका छन् ।
यस्तै, नेपाली काँग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार मीनबहादुर बोगटीले २३७ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा भने कांग्रेसकी सुशीला शाहीले ४४९ ल्याएर अग्रता लिएकी छन् । उपप्रमुखमा एमालेकी सुनीता बुढाको ३५८ र माओवादीकी मनशोभा बुढाले १३७ मत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण