मैलुङ आयोजनाले प्रभावितलाई साधारण सेयर दिने
सोमबार, ०८ जेठ २०७४, २० : १४
काठमाडौँ, जेठ ८ – रसुवा जिल्लामा आयोजनास्थल रहेको मैलुङ खोला जलविद्युत् कम्पनीले आयोजना प्रभावित क्षेत्रवासीका लागि साधारण सेयर निष्काशन गर्ने भएको छ ।
आज सार्वजनिक सूचनामार्फत कम्पनीले रु १०० दरका तीन लाख ६८ हजार १४४ कित्ता सेयर प्रभावित क्षेत्रका नागरिकलाई बिक्री गर्न लागेको जनाएको छ । आयोजनाबाट प्रभावित रसुवाका तत्कालीन हाकु, डाँडागाउँ र राम्चे गाविसवासी तथा जिल्लाका बाँकी भागका बासिन्दालाई आधा आधा हिस्साका दरले सेयर दिइने कम्पनीले जनाएको छ ।
कम्पनीले रसुवाको मैलुङ खोलामा पाँच मेगावाटको जलविद्युत् आयोजना निर्माण गरेको छ । आयोजनाले २०७१ सालदेखि व्यावसायिक उत्पादन सुरु गरे पनि ‘गोरखा भूकम्प’का कारण क्षति पुगेपछि उत्पादन रोकिएको थियो । पुनःमर्मत सम्भार गरेर गत भदौदेखि पुनःउत्पादन सुरु भएको छ । कम्पनीको चुक्ता पुँजी रु ३६ करोड ८१ लाख ४३ हजार छ । त्यसमा प्रवद्र्धकको ७० प्रतिशत हिस्सा छ । बाँकी २० प्रतिशत सर्वसाधारण र १० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दालाई प्रदान गर्न लागिएको हो ।
आयोजना प्रभावितको सेयर बाँडफाँडपछि लगानीकर्तालाई सेयर जारी गर्ने कम्पनीको तयारी छ । निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम ५० देखि अधिकतम एक हजार ८४० कित्तासम्म आवेदन दिन पाउनेछन् । सेयर भर्न चाहनेले रसुवास्थित जनता बैंक धुन्चे, प्रभु बैंक स्याफ्रुबेँसी, आइसिएफसी फाइनान्स कालिकास्थान, हिमालयन बैंक बेत्रावती र मैलुङ खोला जलविद्युत् कम्पनीको कार्यालय डाँडागाउँमा सेयर आवेदन दिन सकिने जनाइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण