भरतपुर महानगरको ताजा परिणामः देवी ज्ञवालीको २९ सय मत बढी
सोमबार, ०८ जेठ २०७४, २० : २३
चितवन, जेठ ८– चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । निकै प्रतिष्पर्धात्मक भएको यो महानगरको पछिल्लो परिणामअनुसार एमालेका देवी ज्ञवालीले अग्रता फराकिलो पारेका छन् । उनले १३ वडाको मतगणना सम्पन्न हुँदा माओवादी केन्द्रकी रेणु दाहाल भन्दा २९ सय बढी मत प्राप्त गरेका छन् ।
सोमवार बेलुका ८ बजेसम्मको गणनाअनुसार देवीले २३ हजार २ सय ८० मत प्राप्त गरेका छन् भने रेणुले २० हजार ३ सय ७८ मत प्राप्त गरेकी छन् ।
यस्तै, उपमेयरमा भने माओवादी–कांग्रेस गठवन्धनकी उम्मेदवार काँग्रेसकी पार्वती शाहले अग्रता कायम राखेकी छन् । शाहले २३ हजार ३ सय ९६ मत प्राप्त गरेकी छन् भने एमालेकी दिब्य आचार्यले २० हजार ७ सय ७१ मत प्राप्त गरेकी छन् ।
भरतपुर महानगरमा अहिलेसम्म १३ वटा वडाको गणना सकिएको छ । ती मध्ये एमालेले २, ५, ७, ९, १०, ११, २८ र २९ वडामा जितेको छ भने कांग्रेसले १, ३, ६ र ८ वडामा जित हासिल गरेको छ । सोमवार ११ र २८ नम्बर वडाको मतगणना सकिएको हो ।
भरतपुर ११ बाट एमालेका उम्मेदवार बाबुराम अधिकारी र वडा नम्बर २८ मा पनि एमालेकै आशबहादुर कुमाल निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण