हिमाली क्षेत्रको विद्यालय भवन निर्माणका लागि परियोजना सुरु
सोमबार, ०८ जेठ २०७४, २० : २८
भक्तपुर, जेठ ८ – नेपालको हिमाली भेगका विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्न चीन सरकारले रु एक अर्ब ५१ करोड ५० लाखको चिनियाँ सहयोग परियोजना सुरु गरेको छ ।
शिक्षा विभागमा आज आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङ र शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले परियोजनाको संयुक्त रुपमा शुभारम्भ गरेको हो । विभागले हिमाली भेगका विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्ने उद्देश्यले सो परियोजना सुरु गरेको हो ।
परियोजनाअन्तर्गत पहिलो चरणमा लमजुङको हिमाली क्षेत्रको भैरव मावि निर्माणका लागि रु ७० करोड ५० लाखको लागतमा ४१६ विद्यार्थी क्षमताको आवासीय विद्यालय भवन निर्माण गरिने भएको छ । कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयको पूर्वप्राथमिक कक्षाकोठा, नियमित पढाइ हुने कक्षाकोठा, पुस्तकालय, संयुक्त कक्षाकोठा, प्रयोगात्मक कक्षा, अध्ययन–कला–सङ्गीत कक्ष, टेबुलटेनिस कक्ष, कम्प्युटर कक्ष, शिक्षक कक्ष एवम् कार्यालय, चमेनाघर, शौचालय, खेल मैदानलगायत संरचना निर्माण हुनेछन् । सो भवन आगामी २४ महिनाभित्र बन्ने बताइएको छ ।
त्यसैगरी सिन्धुपाल्चोकको ब्रम्हाची गाविस–९ स्थित रत्नराज्य माविको भवन रु ८१ करोडको लागतमा बन्ने भएको छ । छ सय ३० विद्यार्थीको क्षमता रहने उक्त विद्यालयको भवन आगामी २१ महिनाभित्र बन्नेछ । उक्त विद्यालयको पनि लमजुृङको भैरव माविको जस्तै संरचना बन्नेछ ।
कार्यक्रममा शिक्षा सचिव श्रेष्ठले सुविधासम्पन्न भवन र सम्पूर्ण शैक्षिक पूर्वाधारको व्यवस्थाबाट हिमाली भेगका बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने बताए । विभागका निर्देशक मित्रनाथ गर्तौलाले चीनको सहयोगमा बन्ने विद्यालयका कारण हिमाली क्षेत्रका विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने प्रतिबद्धता जनाए ।
चिनियाँ राजदूत युले चीनको सहयोगमा निर्माण हुन लागेका दुई विद्यालयबाट त्यहाँका विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे। परियोजनाअन्तर्गत हिमाली क्षेत्रमा १० विद्यालय निर्माण गर्ने सम्झौता भइसकेको र पहिलो चरणमा दुई विद्यालयको निर्माण सुरु भएको विभागका योजना महाशाखाका निर्देशक दीपक शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण