शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दोस्रो चरणको चुनावमा भाग नलिने राजपाको निर्णय

सोमबार, ०८ जेठ २०७४, २० : ३०
सोमबार, ०८ जेठ २०७४
जनकपुरधाम, जेष्ठ ८– विभिन्न ६ वटा मधेसी दलहरु मिलेर एक भएको राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको चुनावमा भाग नलिने निर्णय गरेको छ । सोमबार जनकपुरमा बसेको बैठकबाट अघि सारिएको माग सम्बोधन नभएसम्म आगामी जेठ ३१ गते हुन लागेको चुनावमा भाग नलिने जनाएको छ । राजपा धनुषाका सँयोजक परमेश्वर साहको अध्यक्षतामा बसेको बैठकबाट मधेसी मोर्चा, सँयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएको माँगहरु संविधान संसोधन, स्थानीय तहको पुनःसंरचना जनसँख्याको आधारमा, झुठा मुद्दा फिर्ता, मधेस आन्दोलनको क्रममा सहादत दिएकाहरुलाई शहिद घोषणा, घाइतेहरुलाई क्षतिपूर्ति नदिएसम्म स्थानीय तहको निर्वाचनमा भाग नलिने निर्णय गरेको हो । आफ्ना मागहरु पूरा नभएसम्म स्थानीय तहको निर्वाचनमा भाग लिनु आत्मघाती तथा शहीद र मधेसी जनताप्रति बेइमानी हुने ठहर गर्दै निर्वाचनको अवज्ञा गर्दै विरोधका कार्यक्रमरु सार्वजनिक गर्न राष्ट्रिय जनता पार्टी नेपाल धनुषा अध्यक्ष मण्डलले निर्णय गरेको छ । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल र महामन्त्री डा. विजयकुमार सिंह सहित कार्यकर्ता तथा नेताहरुको समेत सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप