शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिने दिन जुर्यो

सोमबार, ०८ जेठ २०७४, २० : ३९
सोमबार, ०८ जेठ २०७४

काठमाडौ जेठ ८– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट राजीनामा दिने विषमया विभिन्न अड्कालबाजीहरु भइरहेको छ ।

कसैले जेठ ४ गते कसैले ५–६ गते त कसैले ८ गते राजीनामा दिने अड्कलहरुको आधारमा समाचारहरु थियो । ती विषयमा माओवादी केन्द्रले कुनै पनि आधिकारिक निर्णय गरेका थिएन तर सोमवार बसेको पार्टी हेडक्वाटरको बैठकले राजिनामा दिने दिन जुराएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट जेठ १० गते राजिनामा दिने पार्टीले निर्णय नै गरेको केन्द्रीय कार्यालय सदस्य मणि थापाले जानकारी गराए ।

'काँग्रेस पार्टीसँग भएको सहमतिअनुसार आफ्नो पार्टीले सरकारले नेतृत्व छाड्ने नै हो, तर कहिले छाड्ने विषयमा यसअघि विभिन्न अड्कालवाजीहरु भइरहेको थियो,' उनले भने, 'आज पार्टीले ठ्याकै समय नै तोकिसकेको छ, जेठ १० गते नै राजीनामा दिनुहुन्छ, तर त्यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्नुहुन्छ ।’

प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएपनि काम चलाउ सरकारले नै बजेट ल्याउने पनि बैठकमा कुराकानी भएको नेता थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप