शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

२७४ स्थानको नतिजा आयो, ८ स्थानको बाँकी

सोमबार, ०८ जेठ २०७४, २० : ५८
सोमबार, ०८ जेठ २०७४
काठमाडौं, जेठ ८– स्थानीय तहको पहिलो चरणको निर्वाचनको परिणाम अन्तिम अवस्थामा रहेको छ । पहिलो चरणमा सम्पन्न भएको २ सय ८२ स्थानीय तहमध्ये सोमवार बेलुकासम्म २ सय ७४ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । नतिजा आउन बाँकी ८ स्थानमा मतगणना जारी रहेको छ । प्राप्त नतिजाअनुसार एमालेले पहिलो बनेको छ । एमालेले १ सय १८ स्थानमा प्रमुखसहित स्थानीय तहमा जित हासिल गरेको छ भने गणना भइरहेका चार स्थानमा अग्रता लिएको छ । यस्तै, नेपाली काँग्रेसले १ सय ३ स्थानीय तहमा जित हासिल गरेका छ भने अरु ३ स्थानमा अगाडि छ । ७ वटा स्थानीय तहमा भने स्वतन्त्रसहित साना दल विजयी भएका छन् । नेकपा माओवादी केन्द्रले ४६ स्थानीय तहमा जित हासिल गरेको छ भने एक स्थानमा अग्रता लिएको छ । चार महानगरपालिका मध्ये ललितपुर महानगरको गणना पनि अन्तिम अवस्थामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप